मान्छेले काम गरेन भने त्यो बदमास हुन्छ : व्यवसायी भरत कुमार खड्का

 

नेपालमा जलविधुतको सम्भावनाको वारेमा  जति कुरा हुने गरेको छ त्यो अनुसारको कार्यपद्दति भने अलि फरक रहेको देखिएको छ । प्राय नेपाली कम्पनि लाई  भन्दा बिदेशि कम्पनिलाई इजाजत दिने रणनीति सरकारले अवलम्बन गरेको देखिन्छ । स्वदेशि लगानि र स्वदेशि कम्पनिवाट नेपालको जलविधुतको विकास गर्नका लागि सरकारले निति निर्माण गरि कार्यन्वयनमा ल्याउने हो भने देशमा रोजगार श्रृजना गर्दै नेपालको उर्जाक्षेत्रको विकासका लागी महत्वपुर्ण भुमिका रहने देखिन्छ ।  अहिले स्वदेसि लगनिकर्ताहहरु नेपालको जलविधुतको क्षेत्रमा लगानि गर्न लालाहित छन् तर त्यो अनुसारको वातावतण नभएको पनि व्यवसायिहरुको भनाई रहेको छ । स्वदेशि लगानिमा १३.९ मेगावाटको  मुस्ताङ जिल्लाको  टुकुचे स्थित थापाखोला जलविधुत आयोजना सम्पन्न गरिसकेका माउन्ट कैलास इनर्जी प्रा. ली का कार्यकारि निर्देशक  एवं नुवाकोट निर्माण व्यवासयी संघका संस्थापक अध्यक्ष भरत कुमार खड्का सँग गरिएको शंक्षिप्त कुराकानि ।

 

थापाखोला जलविधुत आयोजना सम्पन्न भए पश्चात पनि राष्ट्रिय प्रशारण लाईनमा  जोट्न किन ढिला भै रहेको छ ? 

आफुले लगानि गरिसके पछिको प्रतिफलको आशा सबैमा हुन्छ  मैले पनि आश त गरेको छु मलाई पनि उत्पादित विजुली नवेच्ने रहर हैन तर सरकाले निर्माँण गर्नु पर्ने पुर्वाधारहरुको विकास नगरेका कारण आयोजना सम्पन्न भएपछि पनि राष्ट्रिय प्रसारण लाईनमा जोड्न सकिएको छैन । यसका लागि नेपाल सरकारले आवश्यक ट्रासमिसन लाईनको ब्यबस्था नहुँदा जोड्न ढिला भएको छ । मलाई मात्र हैन धेरे हाईड्रोपावर व्यवसायी हरुलाई यो समस्या परेको छ ।

यो आयोजना सम्पन्न गर्दा कस्ता परिस्थितको सामना गर्नु पर्यो ? 

हामीले बनाएको यो हाईड्रो पावर मुस्ताङ जिल्लाको टुकुचेमा छ जहाँ सम्म  मलाई लाग्छ यो नेपालकै सवै भन्दा उच्च हमाली र दुर्गम ठाउँमा वनेको हो । यो ठाउँ कस्तो भने हिंउदको समयमा हिऊँ र बर्षाको समयमा  पहिरो जाने कारणले गर्दा सामानहरु लानै समस्या,त्यसपछि भुकम्प गयो , भुकम्पपछि सवै कामदार आ-आफ्नो घर गए त्यसपछि कामदारको समस्या रह्यो त्यसपछि नाकावन्दि भयो  त्यसको कारणले तेलहरु , निर्माण सामाग्रिहरुको समस्या , ठुला-ठुला चट्टान फोरेर बाटो बनाउनु पर्ने अवस्था रह्यो, यि भन्दा पनि सरकारबाट लिनु पर्ने अनुमति पत्र र सरकारि कागजातहरु लिन नै वढि समस्या रह्यो ।

सरकारि कागजपत्र वनाउन समस्या भन्नुभयो सरकारले के गर्यो भने चाहि सहज हुन्छ ?

सरकारले व्यवस्थापनको राम्रो वातावरण बनाएर One door system  को नीति लागु गर्नु पर्यो , एउटा आयोजनाको लागि अहिले ७-८ वटा मन्त्रलय धाउनपर्ने झन्झटिलो प्रकृया छ । जसले गर्दा सर्वेक्षण लाईसेन्स लिईसकेपछि पनि वन, वातावरण, लगाएतका अन्य मन्त्रालय जानुपर्ने प्रकृयालाई छोट्याउनु पर्छ  ।

 स्वदेशि लगानिमा जलविधुत आयोजना सञ्चालन गर्दा के फाईदा हुन्छ ?

स्बदेशी जलबिधुत आयोजनाहरु  गर्दै गर्दा लोडसेडिङको समस्याको समाधान, रोजगारिको श्रृजना हुन्छ त्यसको साथसाथै बिधुत उत्पादन भै बितरण भै सकेपछि सरकारलाई कर तिर्छौं जसले गर्दा राष्ट्रिय कुल ग्राहस्थ उत्पादनमा वृद्दि हुन्छ । 

नेपालको जलविधुत उत्पादक कम्पनिहरुले इजाजत पत्र लिने तर काम नगर्ने आरोप व्यवसायी माथी लागेको छ यसलाई कसरि हेर्नू भएको छ ? 

पहिलोकुरा त सर्वेक्षण अनुमति लिदाखेरिमा पैसा नभुझाई अनुमतिपत्र पाईदैन, अनुमति पत्र पाईसकेपछि बल्ल खोलामा गएर आफ्नै व्यक्तिगत पैसा लिएर गएर प्राबिधिक हरु उपलब्ध गराएर त्यहाँ गएर नापजाँच गर्छौं, खोलाको छेउमा पानी कति छ ? हेड कति छ ? त्यसको ईन्जिन कस्तो ठाऊँमा राख्ने यि सवै कुराहरुको सर्वे हुन्छ । त्यो जति खर्च गर्यो भोलिको दिनमा त्यो प्रोजेट फिजिवल नहुन सक्छ । त्यो फिजिबल नभएपछि त्यो छोड्नु पर्छ । त्यो छोडिसके पछि अरुको नजरमा चैं लाईसेन्स होल्ड गरेर वस्यो भन्ने हुन्छ, भने अर्को कुरा चै तपाईले भने जस्तै लाईसेन्स लिने तर आफुसंग बिल्डिङ क्यापासिटि नहुने हरुले अनि बजार चाहार्ने र म संग यति मेगावाटको लाईसेन्स छ तपाई लिनुहुन्छ भन्ने खालका एकाध ब्यक्तिहरु पनि नभएका हैनन् तर सरकारले लाईसेन्स दिंदाखेर नै तपाई कहांवाट लगानि जुटाउन सक्नुहुन्छ भन्ने जस्ता कुराहरुमा कडाई गर्नु पर्यो । 

राजनैतिक पहुँचको आधारमा ठेक्का पाईन्छ भन्ने सुनिन्छ नि के सहि हो ? 

मैले व्यबसायीक ठेक्का पट्टा छोडेको धेरै भयो  पहिला- पहिलाचै राजनितिक पहुचको आधारमा ठेक्का लिन्थे नै । यो राजनितिक हस्तक्षेप नहुने कुन ठाउँ छ र ? जुन तपाइहरुले नै देखिरहनु भएको छ  । ब्याबसाय र ठेक्कामा मात्र हैन सबै क्षेत्रमा धेरथोर राजनितिक हस्तक्षेप छ । 

तपाई सामाजीक क्षेत्रमा पनि त्यतिकै कृयाशिल हुनुहुन्छ अव के गर्दै हुनुहुन्छ ?

 मानिस त्यसैपनि सामाजीक प्राणी हो मान्छे भएर जन्मिसके पछि समाजकालागी केहि न केहि गर्नु पर्छ भनेर म पनि सानै देखि सामाजिक सेवामा लागें । कोहि भाई साथीले कसैलाई समस्या परेको ठाउँमा सामाजीक कार्य गरौं भन्यो भने त्यसमा म सकेको सहयोग गर्छु । जस्तै भुकम्पको बेलामा नुवाकोटमा पर्सीपल्टनै त्रिपाल लगेर बाढे त्यसपछि देविघाटमा बिदेशिहरुको सहयोगमा एउटा क्याम्प राखें, तुप्चेको एउटा माध्यामिक बिधालयको भुकम्पले क्षेति भएको भवन पुन: निर्माण गर्न जग्गा अपुग भएर जग्गा दिए , यस्ता धेरै कामहरु गरे कति त अहिले बिर्सिसकें ।

अहिले थालनि गरेको  चै के  हो भने  धार्मीक तथा पर्यटकिय स्थल बनाउने उदेश्यले उतरगया (बेत्रावती) जुन अहिले तुप्चे, बिदुर नगरपालिका -१०, लहरेपौवा ३ वटै क्षेत्रको सर्वे गराए जसको लागी १६ लाख लगानि गरेर डिपिआर तयार पारें त्यसको लागी अहिले १ करोड भन्दा बढिको जग्गा लिईसकिएको छ । लहरेपौवा र बिदुर -१० को पनि जग्गा लिने प्रकृयामा छौं ।

 के के गर्दै हुनुहुन्छ उतरगया क्षेत्रमा ? 

धार्मीक तथा पर्यटकिय स्थल बनाउने उदेश्यले रसुवापटि साईटमा ७ वटा कुण्ड बनाउने , वृद्धाश्रम बनाउने, हस्पिटल बनाउने , बिदुर १० मा घाटहरु बनाउने , त्यसपछि कृयापुत्री वस्ने ठाउँ बनाउने, श्राद्ध गर्दा वस्ने ठाउँ बनाउने, त्यसैगरि बिदुर ७ पटि चै एउटा आश्रम वनाउने , एउटा शिव पार्वतीको मन्दिर बनाउने काम शुरु भै सक्या छ । आजसम्म गरेको काममा यसका लागी कसै संग सहयोग मागेको पनि छैन लिएको पनि छैन । तर कसैले यो कामलाई सहयोग गर्न आएमा भैतिक तथा अर्थीक सहयोग गर्न सक्नेछन् । यसको लागि हाम्रो परियोजनाको डिजाईन अनुरुप गर्नुपर्नेछ ।

तपाईले व्यवसाय संग-संगै समाजसेवालाई पनि निरन्तरता दिईरहनुभएको छ , व्यवसाय र समाजसेवालाई संग-संगै कसरि लगिरहनु भएको छ ?

 मान्छेले काम गरेन भने त्यो बदमास हुन्छ, त्यसैले मान्छेले केहि न केहि ब्यवसाय गर्नै पर्छ  ब्यबसाय पनि शुद्ध किसिमको गर्नु पर्छ । र शुद्ध किसिमको ब्यबसाय गरेर हिड्यो भने आर्थिक रुपमा उन्नति नहुने प्रश्नै छैन जब त्यसको केहि प्रतिशत सामजक सेवामा  हाल्यो भने सामाजीक कार्य पनि हुन्छ ।यहि कुरा लाई मनन गरेर व्यवसाय र समाजसेवालाई संग-संगै लगिरहेको छु ।