माघ २१, काठमाडौँ  केहि समय पहिला टिजर र गीत सार्वजानिक गरि निक्कै चर्चा कमाएको चलचित्र पंचायत ले आज राजधानिको को राईजिङ मलमा पत्रकार सम्मेलन गरि ट्रेलर  सार्वजनिक गरेको छ ।

यहि चैत २ गते बाट देशभरि प्रदर्शनमा ल्याउन लागिएको यस चलचित्रमा सरोज खनाल र निता ढुङगानाको मुख्य अभिनय रहेको छ भने किरण थापा, गिता अधिकारी, गणेश गिरी, रुपा राना, ,बिशाल पहारी ,राजुबाबु श्रेष्ठ, जाहान्वी बस्नेत लगायतका कलाकारले अभिनय गरेकाछन् ।

शिवम अधिकारीको लेखन तथा निर्देशनमा निर्माण गरिएको चलचित्र पंचायतमा पश्चिम नेपालको कथा वस्तुलाई समेटिएको छ । नेपालमा हाल सम्म व्याप्त छाउपडिप्रथा को उपजको रुपमा रहेको विकराल समस्या, छाउमा वस्ने किसोरीको पिडा र तत्कालिन पंचायत शासकले हेर्ने दृष्टिकोण को पेरिफेरिमा यो चलचित्र निर्माण भएको हो ।

नेपाली सांगितका शसक्त युवा संगीतकार टंक बुडाथोकीको संगीत रहेको चलचित्र पंचायत गणेश गिरिको प्रस्तुतिमा सुशान्त श्रेष्ठ र शंकर सुवेदिले निर्माण गरेका छन् भने रबि अधिकारी चलचित्रका कार्यकारी निर्माता छन् ।

कार्यक्रममा बोल्दै बरिष्ठ चलचित्रकर्मी निर साहले  नेपालको ऐतिहासिक र राजनीतिक घटनाक्रम बदलिदै जाँदा पनि  अहिलेसम्म पनि महिलामथिको शोषण दमन र उत्पिडनका घटनाक्रम दोहोरिरहेको परिस्थितमा  यस्ता चलचित्रले  नेपालको विभेधकारि मानसिकताको अन्त्य हुने वताए ।

सदियौदेखि उत्पिडनको शिकार वनिरहेका महिलाको आजभन्दा ५० वर्ष पहिलाको अवस्थाको चित्रण गरेर बनाईएको यो चलचित्रमा समावेस गरिएका विषयलाई मौलिक जनवोलीको भाषामा प्रश्तुत गरिएको छ ।

अमेरिकाको सनफ्रान्सिस्को फिल्म फेस्टिबलमा सर्वोत्कृष्ट बिदेशी भाषी चलचित्रको साथै सर्वोत्कृष्ट नायिका अवार्ड लिन सफल यो चलचित्रले नेपाली दर्शकको कतिको मन जित्न सफल हुने छ त्यो त हेर्नै बाँकि  नै छ ।