माघ १७, काठमाडौं । अहिले खग्रास चन्द्रग्रहण भर्खरै सकिएको छ । बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाएको र ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिएकोछ ।

यो दुर्लभ खगोलीय घटना १ सय ५२ वर्षपछिको पहिलो अर्थात् सन् १८६६ मार्च ३१ तारिखका दिन देखिएको थियो ।

आज हुने खग्रास चन्द्रग्रहण र अन्य समयमा हुने खग्रास चन्द्रग्रहणमा फरक छैन । तर आज चन्द्रग्रहणको साथै सुपरमुन र ब्लु-मुन पनि परेको हुनाले विश्वव्यापी चर्चाको विषय बनेको मात्र हो ।