साउन १०, काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग भत्किँदा पछिल्लो समय हरेक दिनजसो उडान–अवतरणमा समस्या आएको छ ।

कारोबार दैनिकका अनुसार साउन लागेयता दर्जनौंपटक धावनमार्ग भत्कित्दा उडान–अवतरणमा प्रत्येक दिन समस्या देखिन थालेको छ ।

५० वर्ष पुरानो धावनमार्गको कालोपत्रे पछिल्ला वर्षहरुमा टालटुलमा जहाजको उडान–अवतरण हुँदै आएको छ । पछिल्लो सातामात्रै दैनिक ५ पटकसम्म धावनमार्गको कालोपत्रे उपक्कँदा ४५ मिनेटदेखि डेढ घण्टासम्म आकासमा जहाज होल्ड गर्नुपरेको विमानस्थल कार्यालय स्रोतको हवाला दिँदै कारोबारले खबर लेखेको छ ।