साउन ९, काठमाडौं : नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले संसदमा लगिएको चिकित्सा शिक्षा विधेयक सरकारले फिर्ता लिएपछि मात्रै समस्या समाधान हुने बताएका छन् । प्रचण्डले हिजो मात्रै कांग्रेसको चर्को आलोचना गरेका थिए ।

प्रचण्डको आलोचनापछि नेपाली कांग्रेसका नेता खड्काले भने “अनशन तोडेर वार्तामा आउने रे, यो भन्दा गैरजिम्मेवार अभिव्यक्ति के हुन्छ रु कांग्रेसलाई गाली गरेर देश बन्छ र” भन्दै प्रश्न गरे । प्रचण्डले कांग्रेसका विषयमा दिएको अभिव्यक्तिको पनि खड्काले आलोचना गरे । “प्रचण्डजी जस्तो नेताको म सम्मान गर्छु ।

तर उहाँले विगतमा गोविन्द केसीका माग जायज छने भनेर भन्नुभएकै हो । त्यसबेलाको सरकारलाई केसीको माग पूरा गराउन जोडदार माग गर्छु भनेर खेलेको कुरालाई विर्सेर अहिले लाजै नभएर कांग्रेसलाई लासको राजनीति गर्न खोज्यो भन्ने ?”

“प्रचण्डलाई भूत र आत्माहरुले सायद सताइरहेको होला । अहिले नेपाली कांग्रेसलाई गाली गरेर गोविन्द केसीको माग पूरा हुँदैन । प्रचण्डको मुखबाट यस्ता कुरा आउँदा मलाई बडो अचम्म लागेको छ ।” खड्काले भने ।

तपाईको प्रतिकृयाको लागी………………………..।।