साउन ४, काठमाडाैं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नकपा)का प्रवक्ता नाराणकाजी श्रेष्ठले माथेमा कार्यदलको प्रतिवेदन विनापूर्वाग्रह ग्रहण गर्न  अाग्रह गरेका छन् ।

नेकपा नेतृत्वकाे सरकारले माथेमा कार्यदलको प्रतिवेदनलाई तोडमोड गरी चिकित्सा शिक्षा विधेयक ल्याउन प्रयत्न गरिरहेका बेला नेता नेकपाकै प्रवक्ताले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुसँग उक्त प्रतिवेदन हुबहु ग्रहण गर्न अाग्रह गरेका हुन् ।

प्रवक्ता श्रेष्ठले एक ट्विट गर्दै समाजवाद उन्मुख शिक्षा र स्वास्थ्य सेवाका पक्षमा माथेमा कार्यदलको प्रतिवेदनलार्इ उपयोग गर्न सुझाव दिएका हुन्। उनले ठण्डा दिमागले सोच्न र जनमुखी हुन पनि नेताहरुलाई आग्रह गरेका छन्।

‘हाम्रो पार्टी ने क पा का नेता कार्यकर्ताहरु र सरकारले पनि माथेमा प्रतिवेदनको सकारात्मक पक्षहरुलाई बिनापुर्वाग्रह आत्मसात गरेर समाजवादउन्मुख चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको पक्षमा त्यसलाई प्रयोग गर्ने तत्परता प्रदर्शन गर्नु पर्छ,’ उनले भनेका छन् ।