साउन ३, पोखरा :  प्रधानमन्त्री के पी शर्मा ओली को गण्डकी प्रदेश सम्बोधन कार्यक्रममा जाने क्रममा पोखराका विभिन्न ठाउँमा नेपाल बिद्यार्थी संगठनका नेता तथा कार्यकर्ताले बिरोध स्वरुप कालो झन्डा देखाउने प्रयास गर्दा ने बि संघ कास्कीका जिल्ला अध्क्ष्य सहीत २३ जना नेता कार्यकर्ता लाइ कास्की प्रहरीले नियन्त्रणमा लिएको छ |
बिहिबार गण्डकी प्रदेशलाइ सम्बोधन गर्न पोखरा पुगेका प्रधानमन्त्रिलाई मूल्य वृद्धि नगर्न , डा गोबिन्द के सी को माग को सम्बोधन गर्न लगाएतका माग गर्दै प्रदर्शन गरेका हुन | चर्को मूल्य वृद्धि , हरेक ठाउँमा कर को चर्को मार , सरकारको तानासाही प्रवृति , प्रेस स्वतनत्रता , डा के सी को जिबनको रक्षाको माग राख्दै उनीहरुले नाराबाजी गरेका थिय | प्रदर्शनका क्रममा नेपाली बिद्यार्थी संघ कास्कीका सभापति बिकाश थापा , भानु ढकाल ,  प्रकाशरमण अधिकारी लगाएतका थुप्रै नेता तथा कार्यकर्तालाइ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरि कार्यालय कास्कीका प्रबक्ता रबिन्द्रमान गुरुंङले जानकारी दिएका छन् |
प्रधानमन्त्रिले गण्डकी प्रदेशलाइ दिउसो २ बजे सम्बोधन गर्ने कार्यक्रम थियो भने त्यो भन्दा अगाडी पोखरा बिश्वोबिद्यालय मा सम्बोधनको कार्यक्रम थियो | सोहि क्रममा ने बि संघ का कार्यकर्ताले बिरोध स्वरूप बेलुनमा कालो कपडा बाधेर पोखराको पृथ्वी नारायण कोलेज अगाडीबाट उडाएका थिय भने दिउसो १:३० बजेको समयमा कालो झन्डा लिएर गण्डकी प्रदेश सभा परिसरमा नाराबाजी सहीत प्रदर्शन गरेका थिए |