साउन ३,चितवन : आज विहानदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिका–६ टोपे खोलामा खसेको पहिरो पन्छाइएपछि सो सडक सञ्चालनमा आएको हो ।

टोपे खोलामा आज बिहान ५ बजे पहिरो खसेर अवरुद्ध भएको सडक पहिरो पन्छाएसँगै बिहान १०:४५ बजेबाट सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

पहिरो पन्छाउनका लागि दुबैतर्फबाट डोजर प्रयोग गरिएको थियो । सडक सञ्चालनमा आएसंगै पहिरोका कारण रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् । सडक निर्माणका क्रममा बिभिन्न ठाउँमा भित्तो काटिएका कारण जुनसुकै समयमा पनि पहिरो खस्न सक्ने भन्दै सजग भएर यात्रा गर्न प्रहरीले सबैलाई अनुरोध गरेको छ ।