साउन ३,काठमाडौं : आर्थिक वर्ष २०७५–७६ बजेटमा सरकारले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत्त आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको थियो । तर बजेट कार्यान्वयन शुरु भएको पहिलो दिन अर्थात् साउन १ गते आफ्नो बजेटविरुद्ध सरकारले निर्णय गरेको कारोबार दैनिकमा खबर छ ।

६ वर्षअघि तत्कालीन ऊर्जा मन्त्रालय र चाइना थ्री गर्जेजको सहायक कम्पनी सीडब्लुई इन्भेष्टमेन्ट कर्पोरेसनबीच आयोजना अघि बढाउन भएको सम्झौता प्रक्रियागत र औपचारिक रुपमा रद्द नगरी सार्वजनिक बजेटमा स्वदेशी लगानीमा नै बनाउने निर्णय गरेको सरकारले सो निर्णय उल्ट्याएको हो ।

कारोबार लेख्छ– मंगलबार लगानी बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा तथा बोर्डका उपाध्यक्ष एवं अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा बोर्ड बैठकले स्वदेशी लगानीमा बनाउने निर्णयलाई लत्याएर पुनः चिनियाँ कम्पनीलाई दिने गरी प्रक्रिया अघि बढाएको हो ।

तपाईको प्रतिकृयाका लागी……………………..।।