हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल(भिडियो सहित)

साउन २,काठमाडौं : चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको नयाँ भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक ‘जुन मा राखुँ’ तिमीलाई बोलको गीतमा पल र आँचलको प्रेमिल भाव देख्न सकिन्छ । प्रदीप ढकाल र निकिता थापाको स्वरको गीतमा बिष्णु बाबु देवकोटाको शब्द र गायक ढकालकै संगीत छ ।
बिकास सुवेदीको निर्देशनमा बनेको भिडियोलाई नायक पल शाहले नै कोरियोग्राफी गरेका छन् । अनिल कुमार मानन्धरले छायांकन गरेको गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । गीतलाई बिकासा इंटरटेनमेनटले प्रस्तुत गरेको हो ।

भिडियो