साउन २, काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तत्काल फिर्ता लिन सरकारसँग पुनः माग गरेका छन्।

कांग्रेस नेता थापाले हाल संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सरकारले फिर्ता लिए वरिष्ठ चिकित्सक गोविन्द केसीले पनि आमरण अनसन तोड्ने विश्वास व्यक्त गरे।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूहरूको सहमति अनुसार मात्रै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अघि बढाउन पनि सरकारसँग आग्रह गरे।

उनले सरकारले वरिष्ठ चिकित्सक केसीलाई वार्ताको नाटक गरेर जबरजस्ती काठमाडौं ल्याउन चाहेको आरोप पनि लगाए।

कांग्रेस नेता पौडेलले राष्ट्रिय चिकित्सा विधेयक फिर्ता लिए वार्तामार्फत् वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न सरकारलाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

उनले सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रमा आम नागरिकलाई समान अवसर दिन नचाहेको पुष्टि भएको दाबी गरे।

तपाईको प्रतिकृयाको लागी………………………।।