तश्विर : एपिएफ

साउन २, काठमाडौं :इन्डोनेशियाको एक गाउँका बासिन्दाले करिब ३०० गोहीका ज्यान लिएका छन् । गोहीको आक्रमणबाट एकजनाको ज्यान गएपछि गाउँलेले ३०० वटा गोहीको ज्यान लिएका हुन् ।

यो घटना इन्डोनेशियाको पश्चिमी पपुआस्थित सोरोङ्ग जिल्लामा भएको हो । एजेन्सीले यसका केही तस्बिर र भिडियो सार्वजनिक गरेको छ ।

पश्चिम पापुआमा इन्डोनेशियाको प्राकृतिक स्रोत संरक्षण एजेन्सीका प्रमुख बासर मनुलाङ्गका अनुसार केही दिनअघि ४८ वर्षिय एक व्यक्तिको गोहीले टोकेर ज्यान गएको थियो । खाना दिनका लागि गोहीको प्रजनन केन्द्रमा छिरेका बेला उनीमाथि आक्रमण भएको थियो । त्यही बेला गोहीको समूहले उनीमाथि आक्रमण गर्दा ज्यान गएको थियो ।

मृतकको अन्तिम संस्कारपछि गाउँका कयौँ मानिस रिसाएर उनीहरुले हातमा चक्कु, तरवार र लाठी लिएर गोहीको प्रजनन केन्द्रमा पसेका थिए । त्यसपछि उनीहरुले त्यहाँका २९२ वटा गोहीको ज्यान लिएका थिए ।

उनीहरुले गोहीका सबै शरिरलाई एक ठाउँमा मारेपछि थुपारेका थिए । यस घटनाको एक भिडियो पनि सार्वजनिक भएको छ जहाँ गाउँले हाँस्दै कुरा गरेका छन् ।