साउन २, कैलाली: लम्की बजारमा दुईवटा शक्तिशाली बम फेला परेका छन् । कैलालीको लम्की चुहा नगरपालिका–१ स्थित लम्की बजारमा रहेको मेघाश्री उद्योग परिसरमा बम फेला परेका हुन् ।

अज्ञात समूहले गएराति उद्योग परिसरमा बम राखेको हुन सक्ने स्थानीय प्रहरीले जनाएको छ । बम फेला परेको स्थानलाई अहिले घेरा हालेर राखिएको छ । बम डिस्पोज  नेपाली सेनाको टोलीले बम डिस्पोजल गरेको बताइएको छ ।

मेघाश्री सुदूर तथा मध्य पश्चिममा एकलौटी बजार बनाएको गुटखा हो । मेघाश्रीको उत्पादनमा केमिकल धेरै प्रयोग हुने भएकोले मानिसहरुको स्वास्थ्यमा गम्भीर असर पारेको भन्दै विरोध भइरहेको छ ।