सरकारले गलत काम गर्दै गइरह्यो भने तरुणदल आन्दोलनको आँधिबेरि श्रृजना गर्छ : भुपेन्द्र जंग शाही

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदलका केन्द्रिय महामन्त्री भूपेन्द्र जंग शाही  नेपाली कांग्रेसका युवा नेता हुन् । कालिकोटको मान्मामा जन्मेका शाहिले व्यावस्थापन संकायमा स्नातकोत्तर गरेका छन् । कक्षा ६ पढ्दा देखि नै बिधार्थी राजनितीमा सकृय शाही २०६४ सालमा नेविसंघको उपाध्यक्ष भएका थिए । २०७० सालको दोस्रो संबिधान सभामा कालिकोटबाट पराजित भएका शाही २०७२ सालमा तरुण दलका महामन्त्री बनेका हुन् । फेरि २०७४ सालको प्रतिनिधि सभामा उमेद्वार भएपनि जित हासिल भने गरेका छैनन् । नेपालको राजनितीमा एमाले माओबादीको धुर्बिकरण पछि श्रृजना भएको राजनैतीक घटनाक्रमलाई आधार बनाएर नेपाली कांग्रेसले अब कस्तो निति लिनुपर्छ भन्ने बिषयमा आईडिया खबर डटकमले उहाँसंग गरेको कुराकानी :

  • नेपाली कांग्रेस अबको अवस्थामा कसरि अगाडि बढ्नु पर्छ जस्तो लाग्छ ?

नेपाली कांग्रेसका लागी यो निकै चुनैतिपुर्ण अवस्थामा रहेको छ । २ वटा कम्युनिष्ट पार्टी मिलेर एउटै पार्टी बनेको अवस्थाम छ त्यसैले पुरानै पद्धतिमा पार्टी चल्न सक्दैन । कांग्रेसले आफुलाई सुदृढिकरण गर्नु जरुरि छ । अब आफ्ना कमोजोरिहरुलाई सुधार गर्दै यो यो गुठ र त्यो गुठको नाममा राजनिती गर्नु जरुरि छैन , अहिले देश कम्युनिष्टको पोल्टामा भएको बेला  सानातिना कुरामा नअल्झिएर, सबै नेता कार्यकर्ता एकजुट भएर कम्युनिष्ट पार्टीको जुन सरकार छ त्यसले गरेको गलत कामको बिरोध  गर्दै , पार्टीमा भएका गल्तिहरु लाई सुधार्दै पार्टिको संगठनलाई मजबुत बनाउनु पर्यो पार्टीका गाउँ तह सम्म प्रशिक्षण कार्यक्रमहरु सञ्चालनमा ल्याउनु पर्यो । र नियमितरुपमा जनताको माझमा गएर जनताको काम गरेर पार्टी अगाडि बढ्नु पर्छ ।

  • लामो समय सत्ता चलाएको कांग्रेस सत्ता बाहिर रहँदा कार्यकर्ता निरास भएका छन् जस्तो लाग्दैन ?

निरास भै हाल्नु पर्छ जस्तो मलाई लाग्दैन , तर यो परिश्तिथिमा अलि फरक तरिकाले सोच्नु चै पर्छ । हामी निरास भएर हैन झन् अझ सकृय बनेर जानु पर्छ । पार्टीले निति तथा कार्यक्रमहरु बनाएर अगाडि बढ्ने हो भने अबको भविष्य कांग्रेसकै हो ।

  • कांग्रेसमा युबाहरुको मुल नेतृत्बको माग गरिरहेका सन्दर्भमा तपाईको धारणा के छ ? र यो कतिको सम्भब छ ?

हामी देश भरिका युवाहरुले जे गर्दै जान्छौं र युवाहरुलाई समेट्दै जान्छौं त्यसको आधारमा नै कांग्रेसको भविश्य निर्धारण हुने हो । पार्टी नागरिकता हेरेर मात्र चल्दैन । यहाँ सबै उमेर समुहका ,जातजतिका, समुदायका सबै समुहरको सामुहिक नेत्रृत्वबाट मात्र चल्ने भएकोले  कसैलाई पाखालाउने भन्दा पनि आजसम्म जसले योगदान गरेका छन् । जसले गर्न सक्छन् , जसमा जोस छ जसमा योगदान गर्न सक्ने सामर्थ्य छ । ति सबै कुराहरुलाई मिलायर लग्नु पर्छ । युवाहरुको पनि भुमिका बढाउनु पर्छ । त्यस संगै पहिला जेल नेलको जिबन बिताएर आएका अग्रजको पनि नेतृत्व आबास्यक छ । युवाहरुको जोस र अग्रजहरुको नेतृत्व लाई मिलाएर जानु भन्दा अर्को विकल्प छैन । कुनै पक्षलाई निशेध गरेर पार्टी अगाडि बढ्दैन त्यसैले म कसैलाई किनारा लाउनुपर्छ भन्ने पक्षमा छैन ।

  • अहिलेको सरकारले लिएको निती र गरेका कामबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?

सरकारको निती तथा कार्यक्रम बाट हामी मात्र हैन जनता नै वाक्क दिक्क भै सकेका छन् जस्तो मलाई लाग्छ । यो सरकारले जुन भ्रमका मिठा सपना बाँढेको थियो त्यो चै एक एक गरि आज  गलत साबित हुँदै गएको देखिन्छ । सरकार जनताका लागी नभएर आसपासका सिमित केहि मान्छेहरुको फाईदाका लागी काम गरिरहेको छ जस्तो आभास दिलाइरहेको छ । र यो सरकारको रबैया पनि सर्बसत्तावादि बन्दै गएको निरङ्कुस बन्दै गएको भान भैरहेको छ । यो सरकारको नियम कानुन मिच्ने, प्रेसमाथि हस्तक्षेप गर्ने, महँगि बढाउने यि लगलाएतका गलत काम गर्दै गईरहेको छ । हामी यि खालका गलत काम कारबाहिहरु बन्द गर्न आग्रह गर्छौं र चेतावनि दिन पनि चाहान्छौं कि यो सरकारले यस्तै गलत काम गर्दै गइरह्यो भने तरुणदल आन्दोलनको आँधिबेरि श्रृजना गर्छ

  • तरुणदल अहिले के गर्दै छ ?

अहिले तरुदल एकदमै परिचालित छ गतिशिल छ । यो मंसिर पछाडिको अवस्थामा तरुणदल मात्रै यस्तो एउटा राजनैतिक संस्था हो जसले मेचि महाकालि अभियान नै शुरु गर्यौं । जिल्ला सभापतिहरुको भेला सम्पन्न गर्यौं, सातै प्रदेशमा जिल्ला भेला सम्पन्न गर्यौं, हामीले नेपालमै नभएको एकैदिन सबै जिल्लामा जेठ ५ गते प्रशिक्षण कार्यक्रम सम्पन्न गर्यौं, जेठ १२ गते, गापा/नपामा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्यौं,जेठ १९ गते सवै वडाहरुमा प्रशिक्षण कार्यक्रम संपन्न गर्यौं त्यसपछि पनि हामीले कार्यक्रमहरु गरिरेका छौं । आगामि दिनहरुमा पनि तरुणदललाई अझ व्यवस्थित बनाएर कांग्रेसका अगाडि देखिएका चुनौतिहरुलाई चिर्ने काम तरुणदलले गर्नै छ । भोलिका दिनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन अग्र मोर्चामा रहेर तरूण दलले काम गर्नै छ । यसको अलवा जनजिविकाका पक्षमा पनि तरुण दलले कामगरिरहेको छ । हामिले अहिले बाढि र पहिरो पिडितको लागि पनि जनताको साथमा तरुणदल राहातको साथमा तरुदल सञ्चालनमा ल्याएर काम गरिरहेका छौं हामी तत्कालै युवाको साथमा तरुणदल कार्यक्रम ल्याउँदै छौं । जनताको पक्षमा हुने भ्रष्टाचार बिरुद्ध, बेरोजगारि बिरुद्धका कार्यक्रमल्याएर अगाडि बढ्छौं

  • युबाहरुको लागी राज्यले कस्तो निती लिनु पर्छ ?

युवाहरुको भावनालाई बुझ्नु पर्यो राज्यले, युवाहरुको भविष्यको सुनिष्चितताको लागी राज्यले बढि ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ । खासगरि नेपालमा युबाहरुको बेरोजारिको समस्या हो त्यसकारण तरूणदल युवाहरुको साथमा रहेर नेपालको आर्थिक रुपान्तरण गर्न चाहान्छ । युवाहरुलाई तरुणदलले व्यवसाय सम्बन्धि तालिम दिएर अघाडि बढ्न खोजिरहेको छ । बिदेशमा रहेका युवाहरुको लागि पनि कुनै बिकल्प दिएर नेपाललाम फर्काउने पक्षमा तरूदल छ । हामीले बैदेशिक युवा सरोकार केन्द्र स्थापना गरेर बिदेशमा बस्ने युबाहरुको गार्हो सजिलोको राज्यले हेर्नु पर्छ भन्ने कुरा  उठाईरहेका छौं । यसका लागि सरकारले बिशेष कार्यक्रम ल्याउनु पर्छ ।

  • कांग्रेस भित्र लोकतान्त्रिक समाजबाद को बहस के सांच्चै ओझेलमा परेको हो ?

लोकतान्त्रिक समाजबाद ओझेलमा परेको होइन हामी यहि नै सिद्धान्तलाई आधार बनाएर अगाडि बढिरहेका छौं । केहि खताराम पर्न सक्ने अवस्था भने देखिएको छ । तर पनि त्यति सजिलैसंग लोकतन्त्रलाई खतरामा पार्न भने कसैले पनि सक्ने स्थिति भने म देख्दिन ।

  • कर्णालीको बिकासका लागी के सोच्नु भएको छ ?

म अहिले युबाको राजनितिको केन्द्रमा सकृय भै रहँदै गर्दा पनि म कालिकोटको बिकासको लागी भनेर म त्यो जिल्लामा गएर चुनाबमा उठें तर दुर्भाग्य के भयो भने मैंले सफलता पाउन सकिन जितेको थिएं भने पनि केहि फरक त हुन्थ्यो । तर पनि समग्र कर्णाली प्रदेश बिकासको हिसाबले पछाडि छ । त्यसैले राज्यले पनि जुनक्षेत्रमा बिकास भएको छैन त्याहाँ लगानि गर्नु पर्छ जस्तो मलाई लाग्छ तर सरकारले त्यति चासो दिएको जस्तो मलाई लाग्दैन । म आफु भने सधै त्याहाँका जनताको विकासका लागि निरन्तर लाग्नेछु ।

तपाईको प्रतिकृयाको लागी………………….।।