असार ३२, एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति ब्लादिमीर पुटिनको फ़िनलैंडको राजधानी हेलसिंमा भेटघाटका कारण एसियाली शेयर बजारमा असर देखिएको छ । यसको पछिल्लो असर सोमबार  नेपाल र भारतीय बजारमा पनि देखिएको छ ।

भारतीय शेयरमा सोमबार सेन्सेक्स ३६५०० मा आइपुगेको छ भने निफ्टी समेत ११००० मा रहेको छ । सोमबार सेन्सक्स २७ दशमलब ६२ अंकको गिरावट सँगै बजार ३६५१४ दशमलब ०१ मा खुलेको थियो ।

बजार खोल्न साथ आइटी बैंक, इम्फासिस,टेक महेन्द्रा, एसियन पेन्टको शेयरमा केहि बढेको देखिएको थियो । तर, उता टाटा मोटर्स, लुपिनm आइसीआइसीआइ बैंक र सनफर्मा जस्तो ब्लू चिफ शेयरको मुल्यमा भने गिरावाट आएको छ । टाटा मोटर्सको शेयरमा २ दशमलब २२ प्रतिशतले गिरावातबाट कारोबार शुरु भएको थियो । नेपालमा पनि सेयरको कारोबारमा गिराबट देखिएको छ ।

तपाईको प्रतिकृयाको लागी………………………।।