असार ३२, काठमाडौं : नयाँ पत्रिका दैनिकका अनुसार गत वर्ष १६ मंसिरमा नेपाल मेडिकल काउन्सिलले लिएको परीषमा विदेशमा एमबिबिएस पढेका ५२६ डाक्टर सहभागी भएकोमा ४६३ जना असफल भएका छन् ।

त्यस्तै, बिडिएस पढेका ४१ जना सहभागी भएकोमा ३७ जना जना असफल भए । यसरी एमबिबिएसतर्फ ८८ प्रतिशत र बिडिएसतर्फ ९० प्रतिशत डाक्टर काउन्सिलको परीक्षामा असफल भएको उल्लेख गरिएको छ ।

साथै, विदेशमा पढेका अधिकांश डाक्टर फेल हुनुको कारणबारे पनि समाचारमा उल्लेख गरिएको छ । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बाँस्कोटालाई उदृत गर्दै कतिपय डाक्टरले लाइसेन्स लिन ३६ पटकसम्म परीक्षा दिएको समेत उल्लेख गरिएको छ ।

तपाईको प्रतिकृयाको लागी…………………..।।