असार ३१, काठमाडौँ : विश्वकप फुबटल– २०१८ को फाइनल खेलमा क्रोएसियाबिरुद्ध फ्रान्सले ४ गोल जित हासिल गरेको छ । खेलको २८ औं मिनेटमा क्रोएसियाले गोल फर्काए सँगै बराबरीमा चलिरहेको खेलमा क्रोएसियाको खेलाडीले फल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो ।

पेनाल्टीमा गोल गर्न सफल  भएको हो र पुन खेलको ६० औं र ६५ औं मिनेटमा पाएको सुनौलो अवसरलाई फ्रान्सले गोल गरेपछि फ्रान्सले क्रोएसिया सँग ४-२ गोलअन्तर बनाएको हो । यसअघि खेलको १८ औं मिनेटमा क्रोएसियाले आत्माघाति गोल गरेपनि क्रोएसियाले खेलको २८ औं मिनेटमा उत्कृष्ट गोल गरेर बराबरीमा ल्याएको थियो ।

रुसको सेन्ट मस्कोस्थित लुजनिकी रङ्गशालामा दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत्रीएका भएपनि फ्रान्सले जित हासिल गरेको हो ।

फ्रान्स दोस्रो पटक विश्वकपको उपाधि जितेको छ, भने क्रोएसिया विश्वकपको फाइनलमा पहिलोपटक पुगेको हो ।