असार ३०, काठमाडौं : रसियामा जारि विश्वकप फुटबलको आज भएको खेलमा तेस्रो स्थानको लागि इंग्ल्याण्ड र बेल्जियमबीच  खेल बेल्जियमले २-० ले जित हासिल गरेको छ ।

खेलको चौथो मिनेटमा बेल्जियमका थोमस मेनेयरले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको ९०औं मिनेटमा हर्जाडले गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए ।

बेल्जियमले इतिहासमै पहिलोपटक तेस्रो स्थान हासिल गरेको हो भने इंग्ल्ण्याड ले २८ वर्ष पछि तेस्रो स्थानको लागि प्रतिष्पर्धा गरेको थियो । इंग्ल्याण्डले सन् १९९० मा तेस्रो स्थानको लागि खेल्दा बेल्जियमले १९८६ मा तेस्रो स्थानको लागि खेलेको थियो ।

विश्वकपको उपाधिका लागि भने आइतबार फ्रान्स र क्रोएसिया आमने सामने हुँदैछन् । फाईनल खेल रसियाको लुझिन्की रंगशालामा हुँदैछ ।

 

तपाईको प्रतिकृयाको लागी……………………….।।