असार २७,काठमाडौं : हाम्रो दैनिक जिबनमा  एलोपेथिक औषधिको प्रयोग बढेपनि मान्छेहरुमा आयुर्वेदिक औषधि र उपचार विधिप्रतिको विश्वासमा कमी देखिएको छैन । शहरमा होस या गाँउमा नै अहिले पनि अधिकांश मान्छेहरु सानातिना स्वास्थ्य समस्यामा सकेसम्म आयुर्वेदिक उपचारबाट निको पार्ने प्रयासमा हुन्छन् । जस्तो रुघा लाग्दा बेसार पानी खाने, स्वर सुक्दा बोजो खाने इत्यादि ।

आयुर्बेदिक उपचार पद्धतिले  एलोपेथिक उपचारमा जस्तो केहि समयको लागि मात्र निको पार्ने मात्र नभएर आगामि दिनमा पनि रोग संग लड्ने क्षमताको बृद्धि समेत गर्दछ ।

जतिवेला एलोपेथिक औषधिको उत्पादन तथा प्रयोग भएको थिएन वा त्यस्ता औषधि नेपालमा आइसकेको थिएन त्यतिवेला सबैको उपचार आयुर्वेदिक पद्धतिबाट हुने गर्दथ्यो। अहिले विभिन्न खालको एलोपेथिक औषधिको उत्पादन भएता पनि मानिसहरु आयुर्वेदिक औषधिमा बाट मात्र आफू निरोगि रहनसक्ने दावा गर्दछन् ।

आयुर्वेदिक औषधि बेचबिखन उत्पादनमा अहिले धेरै लागिपरेका छन् । त्यस्तै माया देवी मोक्तान पनि यहि पेसा अंगालेर जिविको पार्जन गरिरहेकी छिन् ।

लेले ललितपुरमा जन्मे हुर्केकी माया देवी मोक्तान हाल पाटनमा बस्छिन् । उनी मञ्जुश्री सेवा केन्द्र संचालन गरेर बसेकी छिन् । उक्त केन्द्रमा जडिबुटीको औषधिको उत्पादन र किनमेल हुन्छ ।

उनको भनाई अनुसार उनले आफ्नो पिताबाट प्रेरित भएर आयुर्वेदिक औषधि बनाउन शुरु गरेकी थिइन् । उनलाई यस्तो औषधि बनाउन आफ्नो पिताबाट नै सिकेकी हुन् । पिताको मृत्यु पछि उनले लाल बाबु योञ्जन मार्फत औषधि बनाउन सिकिन् ।

निम्पत्ता, चुत्रो, गुरासको फुल इत्यादि नामक जडिबुटी प्रयोग गरेर उनले औषधि बनाउने गर्छिन् । सुगर, बाथ, किड्नीमा पत्थरी भएको, हात खुट्टा झमझमाउने, पायल्स, टन्सिल, टाउको दुख्ने, शरीरको अंगहरु दुख्ने जस्ता समस्याको उनले आयुर्वेदिक औषधि मार्फत उपचार गर्ने गर्दछिन् । उनले बिभिन्ब जडिबुटी मिसाएर क्यान्सर निको पार्ने औषधि समेत बनाएकी छिन् ।

१४ थरिको जडिबुटी मिसिएको एउटै औषधिले सुगर, ग्यास्टिक, टन्सिल जस्ता रोग निको हुने उनको भनाई रहेको छ । साउदी, कतार, जापान जस्ता देशमा समेत यस्ता औषधि निर्यात गर्ने गरेको उनले बताइन् । कतिपय औषधिहरु भने नि:शुल्क बाँढ्ने गरेको उनको भनाई रहेको छ ।

तपाईको प्रतिकृयाको लागी ………………..