असार २७, नयाँदिल्ली :  हालसम्म आइपुग्दा विश्वमा सबै भन्दा ठुलो चिन्ता सुरक्षाको रहेको छ । नेपालको कुरा गर्ने हो भने यहाँ कसैले कसैलाई विश्वास गर्ने आधारहरु हटिसका छन् तर भारतमा यस्तो एउटा गाऊँ जहाँ कुनै पनि घरको ढोकामा खापा बनाईन्न । यो विश्वकै अहिलेको परिस्थितिमा अचम्म मान्ने बिषय बनेको छ ।

भारतको शिंगडापुर नामले परिचित यो गाऊँमा रहेको युको बैंकको शाखामा समेत न शुरक्षा गार्ड राखिन्छ न त ताला नै लगाईन्छ । यो वैंक नै विश्वको ताल्चा नलगाउने एउटा मात्र बैक हो । यो बैक स्थापना गर्नको लागी भारतिय रिजर्ब बैंकले समेत आफ्नो निति परिवर्तन गर्नु परेको थियो ।

यहाँका सवै नागरिको आर्थिक स्थिति मजबुत छ । तर कोहि पनि आफ्नो घरमा ताल्चा लगाउँदैन् । यहाँ न त चोरि हुन्छ  नत आज सम्म कुनै  सामान हराएको इतिहास नै छ ।

के छ त रहस्य :

यहाँ बस्ने मान्छेहरु को मान्यता छ कि यहाँ रहेका शनि भगवानको गाउँमा अपार कृपा रहेको छ । उनिहरु को मान्यता यो पनि छ कि शनि भगवानले यस गाँउको रक्षा गर्दछन् । यो गाऊँका मान्छेहरुमा भगवानको बिश्वस मात्र हैन कि शनि देवले उनको घरमा अफिस सबै तिर कुनै अनिष्ट हुन दिंदैनन् भन्ने छ । उनिहरु आफ्नो सुख र दुख को मालिक शनि भगवान नै मान्छन् । यस गाउँका स्थानियहरुको लागि शनि भगवान को महिमा देखि धेरै केहि छैन । यही कारण यस गाउँमा कुनै घर बा अफिसमा ताल्चा त के खापा को समेत प्रयोग हँदैन ।

तपाइको प्रतिकृयाको लागी ……………………..