असार २७, काठमाडौं : रसियाको क्रेस्टोभसी स्टेडियममा  भएको फ्रान्स र बेल्जिएम बिचको सेमिफाइनल खेलमा फ्रान्सले बेल्जिएमलाई १-० ले पराजित गरेको छ । खेलको ५१औं मिनेटमा फ्रान्सका डिफेन्डर सामुअल उमटीटीले गरेको गोलले नै फ्रान्सलाई फाईनलमा पुर्याएको हो ।

सन् १९३८ को विश्वकपमा भेट हुँदा फ्रान्सले वेल्जियमलाई तीन एकले जितेको थियो । त्यसै गरी १९८६ मा फ्रान्सले चार दुई गोलले हराएको थियो । १९८४ को युरोपियन च्याम्पियनसिपमा भने फ्रान्सले पाँच शुन्यले हराएको थियो । तर समग्र खेलको कुरा गर्दा यी दुई राष्ट्रबीचको यो ७४ औ भेट हो । जहाँ ३० पटक बेल्जियमले जितेको छ भने  अहिले सम्म २५ पटक फ्रान्सले जित्दा १९ खेल भने बराबरीमा टुंगिएको थियो ।