प्रिती लम्साल

नाई म जान्न …जान्न म त भन्दै दगुर्दै स्मरण घर भित्र बाट बाहिर आयो । बा पनि पछि पछि हप्हाउँदै आउनुभयो ।
कान्छा ढिपी गर्दै जान्न,जान्न भन्दै त्यहाँबाट कुलेलम पो ठोक्यो । उ भाग्दै गर्दा बाटो छेउको पँधेरोमा पानी भरिएको एउटा घैंटो देख्यो ।
ए कान्छा यति हतार गर्दै कहाँ जान लागेको ? बाटो छेउको माटोको सुन्दर घैँटोले भन्यो।
कान्छा एकछिन रोकियो अनि लामो सास लिंदै घैँटो छेउ गएर भन्न थाल्यो म त जान्न ।
कहाँ जान्न भनेको ? घैँटोले सोध्यो ? स्कुल जान्न म त , बा ले मलाई जबरजस्ती हप्काएर स्कुल पठाउनु हुन्छ । स्कुलमा गुरुआमाले हिजोको गृहकार्य माग्नुहु्छ अनि पढेको कुरा सोध्नुहुन्छ । त्यसैले म त स्कुल जान्न ।
धत् यस्तो पनि भन्ने हो त जानु पर्छ स्कुल त । आज दु:ख गरेमानै भोली सु:ख हुन्छ घैंटोले भन्यो ।
अनि कान्छा एकछिन रोकियर भन्यो हुन त हो तर……….।
ल मलाई नै हेर त तिमी, म कति पिडा सहेर घाम,पानी,चोट झेलेर दु:ख सहेर आज यति राम्रो घैंटो भएको छु । सुन्छौ मेरो संघर्षको कथा घैंटोले भन्यो ।
कान्छाले टाउको हल्लाएर स्विकृति जनायो ।
सुरुमा म सवैले कुल्चेर हिंड्ने जमिनको माटो थिए । अनि एउटा कुमाले आएर मलाई खन्यो र वोरामा खाँदेर लग्यो, गुन्द्रुक खाँदेझै । उसले मलाई खन्दा कति दुख्यो, मलाई उकुसमुकुस भयो, सास फेर्न पनि गार्हो भयो तर पनि म चुपचाप बसें ।
कान्छाले भन्यो लै तिमी कसरी वस्न सेकेका त पिडा सहेर ।
अझै सुन्दै जाउन घैँटो बोल्यो । त्यसपछि त्यो कुमालेले मलाई आँगनमा लगेर वेसगरि पछार्यो । त्यति खेर मेरा हात खुट्टा कति दुखे तै पनि मैँले सहेर वसें, घैँटोले भन्यो ।
कान्छाले चाख लिदै शान्त भएर सोध्यो । त्यसपछि के भयो ?
अनि त्यो कुमालेले मलाई चर्को घाममा सुकायो । त्यति चर्को घाममा म पसिनाले निथुर्क भएं, फेरि उसले मलाई चिसो पानि खन्याएर भिजाइदियो र लछारपछार पार्दै मेरा सम्पुर्ण अंग भिजाउन थाल्यो । त्यति खेर मेरा हात खुट्टा भाँचिएलान् जस्ता भए । तै पनि मैंले सहें भोली सु:ख पाउने आश गर्दै, घैँटो भन्दै थियो ।
केहि वुझेजस्तो गरेर कान्छाले चनाखो भएर सुन्दै थियो ।
घैँटो क्रमश भन्दै गयो, अनि त्यसपछि उसले मलाई सुन्दर भाँडाको आकार दियो । अनि म खुसि भएँ मेरा दु:ख का दिन सकिएछन् भनि, तर फेरि……….।
तर फेरि………..।,फेरि के भयो र ? कान्छाले अचम्म मान्दै सोध्यो
फेरि उसले मलाई टन्टलटपुर घाममा सुकाएर आगाको रातो भुङ्रोमा हालेर ततायो, भन्दै घैँटो आफ्नो दुख पोख्दै थियो ।
अनि कान्छाले सोध्यो आगोले पोलेन त तिमीलाई ?
पोल्यो नि तर म धैर्यतापुर्वक चुपचाप बसिरहेँ, घैँटोले छाति फुल्याएर भन्यो । अनि जव म रातो भएं अनि वल्ल उसले मलाई त्यहाँबाट बाहिर निकाल्यो र मैँले सुस्खको सास फेर्न पाएं ।
घैँटोको यो कुरा सुनेर कान्छो खुसी भएर मन्द मुस्कान छर्दै थियो ।
फेरि पनि घैँटोले थप्यो, अहिले हेर त पुजागर्दा मलाई स(सम्मान सजाएर मुलढोकामा राख्छन्, मलाई सवैले शिरमा राखेर हिंड्छन्, म भूँईमा वस्दिन, मलाई वस्न त आसन चाहिन्छ । हेर त अहिले पनि म आसनमा वसेको छु ।
घैँटोतिर हेर्दै कान्छाले भन्यो, हो है ।
त्यसपछि कान्छो खुसि हुँदै अव देखि कहिल्यै स्कुल जान छुटाउँदिन भन्दै आफ्नो भोलीको सुन्दर भविष्यको कल्पना गर्दै घैंटोसंग विदालिएर घर फर्कियो ।
समाप्त