असार २५, काठमाडौं : मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कारका लागि आठवटा कृति छनोट गरेको छ ।

मदन पुरस्कारका लागि गुठीलाई प्राप्त भएका २५३ पुस्तकबाट आठवटा पुस्तक छनोटमा परेका हुन् ।

छनोटमा परेका आठ पुस्तकमध्य एउटाले मदन पुरस्कार–२०७४ प्राप्त गर्नेछ ।

मदन पुरस्कार गुठीबाट घोषणा गरिएका ‘श्रेष्ठ पुस्तक–२०७४’ को सूची यसप्रकार छ ।

कैरन                –  ध्रुवसत्य परियार
नथिया              –  सरस्वती प्रतीक्षा
पाठशाला            –  तीर्थ गुरूङ
भुइयाँ               –  यज्ञश
यार                 –  नयनराज पाण्डे
योगमाया           –  नीलम कार्की ‘निहारिका’
लिम्बुनी गाउँ       – राज माङलाक
हिमाली दर्शन       – मोहन वैद्य ‘किरण’