हमिले गर्ने ब्यबसायमा साधारण कुरालाई महत्व नदिंदा जिबनभरिको मिहेनत खेर जान्छ र जिबनको दूखद अन्त्य हुन्छ ।  तर यही साधारण कुरा लाई सहि तरिका ले पालना गर्दा तपाई आफ्नो जिबन मा लगानी को क्षेत्रमा बेफिक्री रहन सक्नु हुन्छ  र तपाईले आफ्नो र आफ्नो परिबारको जिबन सम्पन्न बनाउन सक्नु हुन्छ । त्यसकालागि तलका ५ आईडियालाई आफ्नो जिबनमा प्रयोग गरेर हेर्नुहोस् ।

  • लगानी को लक्ष्य तयार गर्नुस – तपाइले यो बुझ्न जरुरि छ कि तपाई कुन लक्ष्यको लागि कति वर्ष पछि कति पैसा बनाउन चाहनुहुन्छ । यदी तपाइलाई यो पनि थाहा छैन कि तपाइलाई कति पैसा कुन लक्ष्य हासिल गर्नको लागि चाहिन्छ भन्ने , तब तपाई कसरि लगानी को सुरुवात गर्नु हुन्छ ! त्यसैले तपाइ लगानिको लक्ष्य निर्धारण गर्नुहोस् ।
  • लगानी को माध्यम कस्तो हुनुपर्छ – एक चोटी लक्ष्य र समय सोची सकेपछि तपाइले यो बुझ्न जरुरि छ कि कुन माध्यमले तपाइको लक्ष्य पुरा हुन्छ । इक्विटी, म्यूचअल फंड, डेट , पीपीएफ, सुन-चादी,घर-जग्गा,या कुनै अरु क्षेत्र यी सब तपाइको आफ्नो इच्छा र लक्ष्य अनुसार हुनुपर्नेछ ।
  • लगानी को नीति – तपाई लगानिको नितीमा लचिलोपन हुन जरुरि छ र समय अनुसार परिवर्तन को सम्भावना हुनुपर्दछ । उदहारण को लागि तपाइले लगानी को नीति बनाई कुनै समय कुनै ठाउँ मा लगानी गर्नु भयो र त्यो लगानी ले तपाइले सोचेको जस्तो आम्दानी भएन भने तुरुन्त त्यसलाई निकालेर अर्को ठाउँमा लगाउन मिल्ने खालको हुनुपर्दछ जसले गर्दा तपाई ले बढी नाफा बनाउन सक्नु हुन्छ ।
  • वास्तविक तथ्यमा आधारित – बढ्दो महंगी,परिवर्तित बजार,देश को स्थिति, भबिष्य को सम्भावना मा विचार गरेर लगानी को मुनाफा को अनुमान लगाउनुपर्दछ र सोहि अनुसारका कार्यहरु अगाडि बढाउनु पर्दछ । उदाहरणको लागी आज १०० रुपैया मूल्य को बस्तु ५ वर्ष पछि त्यहि रहन्न । आज १५ वर्ष पछि तपाइले जे अनुमानित् मुनाफा लगाउनुभएको छ त्यो मुनाफा महंगी बढे पछि तपाई को लागि प्रयाप्त हुन्छ,  हुदैन यसमा सोच विचार गर्नु भयो भने धेरै राम्रो हुन्छ ।
  • जोखिम प्रबन्ध को लागि सोच्नुस – सबै कुरा सोचेर राखेको छ तर यो कुरा मा विचार नै गरियको छैन कि तपाई स्वयं नै रहनु भएन भने तपाइको लगानी बाट मुनाफा कसरि आउछ त्यसैले तपाइले गरेको काम सबै बेकार हुन्छ ! त्यसैले तपाइ परिवारको आधार स्तम्भ हो, र तपाइले आफ्नो ब्यबसाय र आफ्नो लागि बिमा प्लान लिनु भएको छैन भने लगानी को सबै रणनीति अधुरो रहन्छ ।  दुर्घटना भनेर आउदैन र जिबन को हरेक मोडमा तपाइको परिवार लाई पैसा को जरुरत पर्दछ ।  यदी तपाई घरको एकमात्र कमाउने व्यक्ति हो भने तपाइको लगानी नीति मा इन्सुरेन्स र रिस्क मेनेजमेन्ट को लागि पैसा राख्न जरुरि छ ।

तपाईको प्रतिकृयाको लागी ……………………….