बत्तीमुनिको अॅध्यारो झै भयो जीवन
प्रकाशको निकट रहेर पनि अन्धकार
सम्भावना त थिए अनेकौ, खै किन
लिनै सकेन जीवनले निश्चित आकार।
छुट्दैछ समय हातबाट अनि छुट्दैछ मौका
प्रतिभालाई उॅजागर गर्ने हुॅदैछ सारा कोशिस बेकार
बुझ्दै छु भर्खर स्वार्थी समाज को नियम
बुझ्दै छु बल्ल संसार को चलन
बोलिमै रैछ शक्ति ठूलो,बोलिले रोक्छ गोलीको प्रहार॥
जसले बोल्यो मीठो बोली, गर्यो चाप्लुसी
ऊ हुन्छ सबको प्यारो यहाँ
जो हिॅड्छ सिधा आफ्नो बाटो, गर्दैन कसैलाई हजुर-सलाम
उसलाई गर्छन सबैले बहिष्कार॥

‘बोलिले होइन विचारले बन्छ मानिसको अस्तित्व ‘
यो सोच राखेर हिॅड्दा
भन्छन सबैले उल्लघंन भयो समाजको मर्यादा
सुखमा सबै झुमिन्छन वरिपरि रहन्नन कोही दुःख पर्दा
सम्पन्नताको पछाडि लाग्छन्, कमजोर लाई गर्छन् सबैले निन्दा ॥

दुःख लाग्छ सुन्दा यो समाजको कथन
बुझ्दैनन् कसैले अर्काको पीडा र मर्म
बस तयार हुन्छन गर्न प्रहार कठोर वचन
आफ्नो जीवन आफूले चाहे जसरी जिउॅदा
खै किन हो यस्तो समाजको खटन
सकिएन बोलिले संसार रिझाउन
सकिएन मान्न यो समाजको चलन
स्वतन्त्र यो सोचलाई सकिएन समाजको पिॅजडामा राख्न, बाधिएन समाजको नियममा यो मन
त्यसैले त बत्तीमुनिको अॅध्यारोझैं भयो जीवन
बत्तीमुनिको अॅध्यारो झैँ भयो जीवन॥

चण्डिका भट्टराई
चोभार, काठमाडौं।

तपाईको प्रतिकृयाको लागी…………………..