असार २४, काठमाडौं :  कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अस्पतालले खेप्दै आएको चिकित्सकको अभाव पूर्ति गर्नका लागि सांसदहरूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

दक्ष विशेषज्ञ डाक्टरको अभावमा अस्पताल रिफर सेन्टरका रुपमा परिणत भएपछि सांसदले अस्पतालमा चिकित्सकको व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।

अस्पतालले लामो समयदेखि खेप्दै आएकाले चिकित्सको अभाव पूर्ति गर्नका लागि सदनमा कुरा राखेको सांसद डा दीपक भट्टले अस्पताल सुधारका लागि शनिबार साँझ अबेर सरोकारवालाको सहभागितामा आयोजना गरिएको बैठकमा बताउनुभयो