तस्बिर: नरेन्द्र श्रेष्ठ

असार २२, काठमाडौं : फोटो पत्रकार क्लबको आयोजनामा भएको ग्लोबल–आईएमई नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन् । श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाउँमा बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालकलाई अभिभावकले कोसी नदीमा बगाउँदै गरेको फोटो यो वर्षको आईएमई ग्लोबल आईएमई फोटो अफ दी इयर घोषित भएको छ ।

दीपेन्द्र रोक्काको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जित्यो भने आईएमएस डेली लाइफ’ विधामा सुनिता डंगोलले बाजी मारिन् । सुनिता अन्नपूर्ण पोस्ट्की फोटो पत्रकार हुन् । त्यस्तै, अंगद ढकालले अर्घाखाँची सिमेन्ट न्युज विधाको उपाधि जित्दा नेपाल टेलिकम नेचर एन्ड वाइल्डलाइफमा श्रीराम खत्रीले तथा एक्सिपेरियन्स नेपाल कल्चर एन्ड टुरिजममा किरण श्रेष्ठले बाजी मारे । त्यस्तै डिसहोम एक्सन स्पोर्ट्स विधाको उपाधि प्रतीक रायमाझीले जिते भने नेप्टोस फोटो स्टोरीमा मनीष पौडेलको फोटो प्रथम भयो ।

आईएमएस डेली लाइफमा दुर्गा रानामगरको फोटो दोस्रो तथा केशव थापाको फोटो तेस्रो भयो । अर्घाखाँची सिमेन्ट न्युज विधामा सञ्जोग मानन्धरको फोटो दोस्रो तथा स्कन्द गौतम तेस्रो भए । नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफमा उम्मिद शाक्यको फोटो उपविजेता बन्दा हेमन्त श्रेष्ठको फोटो तेस्रो भयो । एक्सपेरियन्स नेपाल ‘कल्चर एन्ड टुरिजममा दिनेश श्रेष्ठको फोटो उपविजेता तथा अजय मानन्धरको फोटो तेस्रो भयो । डिसहोम एक्सन स्पोर्ट्समा रविक उपाध्यायको फोटो दोस्रो तथा उज्ज्वल चन्द्र बुद्धाचार्यको फोटो तेस्रो भयो । ‘शिखर इन्स्योरेन्स नेपाल स्माइलमा नरेन्द्र श्रेष्ठको फोटो दोस्रो तथा सुरज श्रेष्ठको फोटो तेस्रो भयो । त्यस्तै फोटो स्टोरीमा हेमन्त श्रेष्ठकै फोटो उपविजेता तथा नरेन्द्र श्रेष्ठको फोटो तेस्रो भयो ।

वल्र्ड प्रेस फोटोका निर्णायक मण्डलका सदस्य रहिसकेका भारतका वरिष्ठ फोटो पत्रकार पाब्लो बारथोलोमिओको अध्यक्षता रहेको निर्णायक मण्डलमा वरिष्ठ पत्रकार तथा बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतीक प्रधान, वरिष्ठ फोटो पत्रकार एवम् क्लबका संस्थापक अध्यक्ष तथा सदृश्य डटकमका फोटो सम्पादक चन्द्रशेखर कार्की, वरिष्ठ फोटोग्राफर मणि लामा, काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार र एजेन्सी फ्रान्स प्रेस (एएफपी) का फोटो पत्रकार एवम् क्लबका निर्वतमान अध्यक्ष प्रकाश माथेमा थिए ।

‘आईएमई–ग्लोबल–आईएमई बैंक फोटो अफ द इयर’ विजेताले नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ प्राप्त गरेका छन् । काठमाडौंमा यही साउन १५ देखि २१ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनी गरिनेछ भने काठमाडौं बाहिर विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिनेछ।

नेपाल स्माइल

A kid smiling at the camera while he swims in a pond in Kirtipur,Kathmandu on August 15,2017.

तस्बिरः दीपेन्द्र रोक्का-प्रथम

Tirtha Maya Rai, aged 100, laughs while on a walk at Nepal’s only government run old aged care home, Pashupati Briddhashram

तस्बिरः नरेन्द्र श्रेष्ठ-दोस्रो

kids are playing on mud they are playing a type of game muddy jump . muddy game is interested.

तस्बिरः सुरज श्रेष्ठ-तेस्रो

डेली लाइफ

तस्बिरः सुनिता डंगोल डेली लाइफ-प्रथम

 

Love, life and livelihood; an example of inseparable attachment between the owner and his pet – Pandavgufa, Jumla, Nepal

तस्बिरः दुर्गा रानामगर -दोस्रो

Commuters cross the Dodhara Chandani Suspension bridge over Mahakali river at dusk. Measuring 1,452 meters it’s the longest suspension bridge in Nepal. PHOTO: KESHAV THAPA

तस्बिरः केशव थापा-तेस्रो

समाचार विधा: 

तस्बिरः संजोग मानन्धर दोस्रो
तस्बिरः स्कन्द गौतम- तेस्रो

प्रकृति र वन्यजन्तु 

तस्बिरः श्रीराम खत्री-प्रथम
तस्बिरः उमिद शाक्य-दोस्रो
तस्बिरः हेमन्त श्रेष्ठ-तेस्रो

संस्कृति र पर्यटन :

तस्बिरःकिरण श्रेष्ठ-प्रथम

तस्बिरः दिनेश श्रेष्ठ- दोस्रो
तस्बिरः अजय मानन्धर-तेस्रो

खेलकुद  

तस्बिरः प्रतीक रायमाझी-प्रथम

तस्बिरः रबिक उपाध्याय-दोस्रो

First time bike race championship competition in historical city in Bhaktapur on 2074 organized by Bhaktapur Rider group

तस्बिरः उज्वल चन्द्र बुद्धचार्य तेस्रो

तपाईको प्रतिकृयाको लागी…………………….