असार २०, काठमाडौं : नगरकोट काठमाडौं नजीकको प्रसिद्ध रमणीय स्थल हो । यो स्थान काठमाडौंबाट ३२ किलोमिटर उत्तर-पूर्वमा रहेको छ । नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य देख्न सकिन्छ ।

यहाँवाट देखिने अन्य हिमाल चुचुराहरूमा छिरिङ दोर्जे, धौलागिरि हिमश्रृंखलादेखि कञ्चनजंघा हिमश्रृंखलासम्मको मनांस्लु, गणेश हिमाल, लामटाङ्ग हिमाल, गौरी शंखर, चावु, ल्होत्से, मकालु नेम्वुल इत्यादि छन् ।

नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकनका लागि पनि प्रसिद्ध छ । भक्तपुर र काभ्रेको सिमानामा पर्ने यो पर्यटकिय गन्तब्यमा रमाउन चाहाने स्वदेशि तथा बिदेशि पर्यटकहरुको लागी सुबिधा सम्पन्न होटलहरुको ब्यबस्था रहेको छ ।