गजल : मैले रुनै बिर्सेछु अचेल तिमीले बानी बनायौ र पो

         पिपला ढुंगाना

 

मैले रुनै बिर्सेछु अचेल तिमीले बानी बनायौ र पो
मोलै लाग्दैन ती आँशुको तिमीले पानी बनायौ र पो।

भन्थ्यौ थोरै चोटले ज्ञानी धेरैले बानी हुन्छ
घाटा निखन्न सिकेँ तिमीले हानी बनायौ र पो।

पेटैमा दाँत बोकि लगाउँछन् गला जानें
बालेर प्रेमको ज्वाला खरानी बनायौ र पो।

मैले बिर्सिएँ समयलाई सपना सम्झि नमीठो
यता मागि प्रेमको भिख उसलाई रानी बनायौ र पो।

तपाईको प्रतिकृयाको लागी…………….