डि बि पराजुली

कबिता

निकम्ब बन्यो यो राज्य पनि केहि आधार भएन
हलो र कुटो त्यो लेक बेसी केहि इज्जत रहेन
केहिगरी खाउँ पसिना बगाइ यही देश को माटो मा
जुटेर लागौ सब युवा साथी प्रगति बाटो मा ।

यो पापि समज गरेर खान दिएनन केहिपनि
सक्षम विज्ञ उर्जावान युवा रहेनन कही पनि
पास्पोर्ट लिन ति दलाल हरु घर ढुकी बस्दछ्न
परदेशमा लागि पसिना बेची सबैलाई डस्दछन ।

जादिन परदेश भन्दा नि सुख दिएनन घरैमा
जादैछु अब मारेर आत्मा इस्वर को भरै मा
यो आधा मुटु बोकेर प्रिया जादै छु आकाशमा
बाँचेमा ल्याउला धन का बिटा मरे त बाकस मा ।

मनको इच्छा यो आत्मा मारी परदेश के जानु ?
साग र सिस्नु ढिडो र खोले जे पाक्छ त्यही खानु
समय कुरौँ अब हाम्रो नेपाल सम्बृद्ध बन्दैछ
परदेशमा नजाउँ स्वदेश मै बसौं यो मन भन्दै छ ।

तपाइको प्रतिकृयाको लागी…………….