दक्षिण एसियाकै अग्लो "ह्यात्रुङ झरना"

असार १४, काठमाडौं : नेपालको विकासका र सम्वृद्धिको लागि पर्यटन क्षेत्रको विकास र विस्तार गर्ने निति सरकारले लिएको भनिए पनि नेपालका मौलिक एबं प्राकृतिक सम्पतिको प्रचार प्रसार नहँदा पर्यटन प्रवर्दन हुन सकेको छैन ।

तस्विर : रासस

फेदाप गाउँपालिकाको सम्दु र इसिबुको बीचभागमा रहेको ३६५ मिटर अग्लो यो झरनाको बिकासको लागी आर्थिक बर्ष २०७४/७५ मा ३० लाख बजेट बजेट बिनियोजन भए पनि कामहुन भने सकेको छैन । सन् २०१० देखिका सरकारले बार्षिक २५ लाख पर्यटक भित्याउने लक्ष्य राखे पनि हालसम्म  लक्ष्य पछ्याएर काम भै रहेको छैन ।

तस्विर : रासस

सन् २०१७ उत्साहजनक बनेको छ। यस वर्ष इतिहासकै सबैभन्दा बढी पर्यटक नेपाल भ्रमणमा आएका छन्। अध्यागमन विभागका अनुसार २०१७ मा नौ लाख ४० हजार दुई सय १८ जना पर्यटक नेपाल आएका छन्।

नेपालमा  सन् २०१२ मा आठ लाख तीन हजार ९२ जना पर्यटक आएका थिए । तर त्यसपछि निरन्तर विदेशी पर्यटकको आगमन कमजोर बन्दै गएको सरकारी तथ्यांकले देखाएको छ । सन् २०१६ मा सात लाख २९ हजार पाँच सय ५० जनाले नेपाल भ्रमण गरेका छन् । सन् २०१७ मा  पर्यटन विभागका अनुसार पर्यटकको लागि आवश्यक सेवासुविधाको अभाव तथा पर्यटकीय स्थलहरु रहेका ठाउँमा जानको लागि बाटोकै समेत अभाव रहने गरेको छ । त्यसकारण पर्यटकहरु नेपाललाई प्रमुख गन्तव्य बनाउन चाहँदैनन् । विश्व पर्यटन बजारमा चिनियाँहरुको माहोल रहे पनि नजिकै रहेको नेपालले त्यसको फाइदा उठाउन नसक्नुको कारण प्रचारप्रसार र पूर्वाधार निर्माण नहुनु नै रहेको व्यवसायीहरुको भनाइ छ ।

दक्षिण एसियाकै अग्लो “ह्यात्रुङ झरना”को विकास र यसको प्रचारलाई सरकारले विशेष चासोका साथ हेर्ने हो भने पनि प्रदेश १मा पर्यटकको विकास तिव्रतर गतिमा बढ्ने स्तानियको भनाई रहेको छ ।

दक्षिण एसियाकै अग्लो “ह्यात्रुङ झरना” तस्विर: रासस

तपाईको प्रतिकृयाको लागी…………