– हस्तबहादुर केसी

 

“संसारको ब्याख्या त सवैले गरे गाँठी कुरा त यसलाई वदल्नुपो हो त ।” –कार्ल माक्र्स

आज भन्दा  २०० यस वर्ष पहिले सन् १८१८ मे ५ तारिकका दिन माक्र्सबादका प्रतिपादक तथा बैज्ञानिक साम्यबादका सिद्धान्तकार कार्ल माक्र्सको जन्म जर्मनीको ट्रियर शहरमा भएको थियो ।

माक्सले आफ्ना अनन्नी मित्र फ्रेडरीक एंगेल्स (सन १८२०–१८९५) सहयोगमा कम्युनिष्ट लिगको तर्फबााट सन् १८४८ फेव्रवरी १२ तारिकका दिन कम्युनिष्ट घाोषणा पत्र जारी गर्नु भयो । त्यस पश्चात कम्युनिष्ट घोषणा पत्र विश्व सर्वहारा बर्गको मूक्तिको सिद्धान्त र मार्ग दर्शक सिद्धान्त बन्यो । जो माक्र्सबाद र माक्सबादी दर्शनका रुपमा बैज्ञानिक ढंगले स्थापित हुन पुग्यो । दर्शनका क्षेत्रमा द्वन्दात्मक तथा ऐतिहासिक भौतिकबाद माक्र्सबादको दर्शन बन्न पुग्यो ।

कार्ल माक्र्सको जन्म भएको २०० वर्ष परा भएको छ भने माक्र्सबादको उदय भएको १७० वर्ष पूरा भएको छ । यद्यपि यति लामो ऐतिहासिक अवधिमा माक्र्सवादले क्रान्तिकारी माक्र्सवाद र संशोधनबादका विचको भिषण २ लाइन संघर्षका विचबाट आफूलाई विकसित तुल्याउदै ल्यायो र विश्व सर्वहारा वर्गालाई मार्ग दर्शन गर्दै आएको छ यसरी आज माक्सबादको सान्दर्भिकता विगत झै झनै गएको छ किन भने आजको युग साम्राज्यबाद र विश्वसर्वहारा वर्ग विचको भिषण संघर्षको युग हो । माक्र्सबाद सर्वहारावर्गको मुक्तिको अभेद्येय सिद्धान्त भएकाले साम्राज्यबादलाई प्रास्त गरेर सर्वहारा वर्गले आफ्नो अधिनायकत्व कायम गर्न र त्यसलाई टिकाइ राख्नको निम्ती माक्र्सबादको सान्दर्भिकता जारीरहने छ ।

माक्र्सबादको जन्म

जब मानव समाज अस्तित्व आयो, त्यसपछि मानव समाजका सर्वोत्तम चिन्तकहरूले ‘मानिसद्वारा मानिसको शोषण र उत्पीडनबाट मुक्त हुने आफ्नो उत्पादनको मालिक आफैँ हुने, खुसी र समृद्धशाली समाजको निर्माण गर्ने’ परिकल्पना गर्दै आएका थिए । यस विषयमा तभाभरवाले विचारकहरूले न्याय र समानताको आधारमा समाजको निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा अनेकौँ थरिका परिकल्पनाहरू सहितका सिद्धान्तहरू प्रस्तुत गर्दै आएका थिए तर त्यस प्रकारका सबै विचार र सिद्धान्त समाज विज्ञानका नियम र वास्तविक परिस्थितिमा आधारित नभई कोरा कल्पनामा आधारित थिए । ती विचारहरूले वास्तविक रूपमा सामाजिक शोषण र उत्पीडनबाट कसरी मुक्त हुने र न्याय र समानतामा आधारित समाजको निर्माण गर्ने भन्ने सम्बन्धमा सटिक र वैज्ञानिक जवाफ दिन सकेका थिएनन् ।

मानव जातिको विकास जब पुँजीवादमा भयो तब सर्वहारावर्गको सङ्घर्ष विकासको प्रमुख वाधक बन्यो । ऐतिहासिक आवश्यकताको रूपमा वर्गीय शोषण र उत्पीडनमा मुक्त हुन उपाय र न्यायपूर्ण समाजमा सङ्क्रमण हुने नियम, तरिका र तिनका रूपहरूका बारेमा घोषणा गर्दै आजभन्दा १७० वर्ष पहिले कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले सन् १८४८ फ्रेबुअरी १२ का दिन विश्वविख्यात कम्युनिस्ट घोषणापत्रले अभिव्यक्त गरेको विचार र सिद्धान्तले विश्वभरिका मजदूर तथा सर्वहारावर्गको हितलाई वैज्ञानिक आधारमा पुष्टि गर्ने काम ग¥यो । माक्र्स–एङ्गेल्सद्वारा जारी गरिएको यस घोषणापत्रको आधारमा संसारभरका कम्युनिस्ट क्रान्तिकारीहरूले आ–आफ्नो मुलुकको सामाजिक वस्तुस्थितिको विश्लेषण गर्दै त्यस सिद्धान्तलाई लागु गर्ने प्रयत्न गर्दै आएका छन् । यो क्रान्तिको विज्ञान सम्बन्धी कम्युनिस्ट घोषणापत्रको निर्माण गर्नुभन्दा पहिले पहिले उनीहरूले आफुभन्दा पूर्ववर्ती दार्शनिक, आर्थिक, सामाजिक ज्ञानको प्रसस्त अध्ययन गरेर त्यसैको निष्कर्षको रूपमा माक्र्सवादको प्रतिपादन भयो । यसमा शास्त्रीय दर्शन, अङ्ग्रेजी अर्थशास्त्र र फ्रान्सेली समाजवादको उच्च विकास र माक्र्स र एङ्गेल्समा रूपमा ऐतिहासिक प्रतिभाको समन्वयले माक्र्सवादको प्रादुर्भावमा पृष्ठिभूमिको काम गर्यो । माथि पनि भनिएको छ– माक्र्सवादको जन्म पँुजीवादको विकासको प्रारम्भिक अवस्थामा भएको हो र माक्र्सले जर्मन शास्त्रीय दर्शन, अङ्ग्रेजी राजनीतिक अर्थशास्त्र र फ्रान्सिसी समाजवादलाई संश्लेषण गर्नुभयो र यसै प्रक्रियामा माक्र्सवादको जन्म भयो ।

माक्र्सवाद एउटा वैज्ञानिक सिद्धान्त हो । माक्र्सवाद एउटा समाज विज्ञान पनि हो । माक्र्सवादी दर्शन द्वन्द्वात्मक भौतिकवादी दर्शन हो । माक्र्सवाद द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणमा आधारित छ । माक्र्सवादी दर्शनका दुई भाग छन्– द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद । माक्र्सवादी दर्शनको मानव चिन्तनको उज्ज्वल तथा प्रगतिशील परम्परालाई आत्मसात गरेर भएको हो । यस विषयमा लेनिनले भन्नुभएको छ– ‘माक्र्सवादको जन्म विश्व सभ्यताको अञ्जान गल्तीबाट भएको होइन । माक्र्सवादी दर्शन आदिमकालमा सर्वाधिक प्रगतिशील मतहरू, सिद्धान्तहरू र विचारधाराहरूको प्रत्यक्ष सिलसिला हो ।’

वर्गीय समाजमा प्रत्येक दर्शन वर्गदर्शन रहने कुरा माक्र्सवादी दर्शनको सम्बन्धमा पनि लागु हुन्छ । माक्र्सवादी दर्शन पनि एउटा वर्ग दर्शन हो तर यो अन्य दर्शन झैँ अल्पसङ्ख्यकहरूको, शोषणहरूको दर्शन नभएर बहुसङ्ख्यक सर्वहारा श्रमजीविहरूको दर्शन हो । यसलाई स्टालिनले माक्र्सवादी लेनिनवादी पार्टीको विश्वदृष्टिकोणका रूपमा परिभाषित गर्नुभएको छ । एक पूरै वैज्ञानिक दर्शनका रूपमा माक्र्सवादी दर्शनले पुरानो पुँजीवादी विश्वको विनास र नयाँ साम्यवादी विश्वको सिर्जनाको लागि अर्थात् विश्वको आमूल रूपान्तरणको लागि जब्बर सैद्धान्तिक जग प्रदान गरेको छ अर्थात् विश्वको क्रान्तिकारी रूपान्तरण गर्ने ऐतिहासिक जिम्मेवारी वहन गरेको सर्वहारावर्गको प्रयासलाई माक्र्सवादी दर्शनले सैद्धान्तिक, न्यायोचितताको आधार र निर्देशन प्रदान गरेको छ । त्यसमा विश्व सर्वहारावर्गको संसारलाई विकसित बुझ्ने र त्यसलाई बदल्ने एक अचूक बौद्धिक अस्त्र भेटाएको छ । यस विषयमा लेनिनले यसरी दर्शाउनुभएको छ– ‘माक्र्सवादको दर्शन एउटा यस्तो परिपूर्ण दार्शनिक भौतिकवाद हो जसले मानव जातिलाई र खास रूपले मजदूरवर्गलाई ज्ञानका शक्तिशाली औजार प्रदान गरेको छ ।’

जसले जीवन र जगत्लाई फेर्न चाहन्छ, विद्यमान यथार्थलाई फेरेर नयाँ यथार्थको निर्माण गर्न चाहन्छ, त्यसले संसारलाई बुझ्नुपर्दछ । त्यसलाई फेर्ने तरिका जान्नुपर्दछ । यही सामथ्र्य माक्र्सवादी दर्शनले मात्र उसलाई दिन्छ । मानव समाजमा सर्वहारावर्ग सबैभन्दा ठुलो शक्तिशाली र सचेत वर्ग हो ।

यस वर्गको लागि दर्शनको कत्रो महत्व रहेको हुन्छ भन्ने कुरालाई स्वयम् कार्ल माक्र्सले यसरी व्याख्या गर्नुभएको छ– ‘जसरी दर्शनले सर्वहारावर्गमा आफ्नो भौतिक हतियार भेटाउँछ, त्यसरी नै सर्वहारावर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ’ त्यसैगरी माक्र्सवादको– दार्शनिक पक्षको महत्वलाई माओत्सेतुङ्ले यसरी दर्शाउनुभएको छ– ‘माक्र्सवाद ज्ञानका अनेक शाखाहरूबाट बनेको छ, माक्र्सवादी दर्शन, माक्र्सवादी अर्थशास्त्र र माक्र्सवादी समाजवाद अर्थात् वर्गसङ्घर्षको सिद्धान्त तर जग चाहिँ माक्र्सवादी दर्शन हो । यदि त्यसलाई मनन गरिँदैन भने हाम्रो एउटा कुनै साझा भाषा वा साझा तरिका हुनेछैन । हामी चीजहरूलाई स्पष्ट नपारीकन यताउताको कुराको तर्क मात्र गरिरहेका हुनेछौँ । द्वन्द्वात्मक भौतिकवादलाई मनन गरिसकेपछि थुपै्र दुःखकष्टबाट जोगिनेछ र धेरै गल्तीहरू हट्नेछन् ।’

पुरानो संसारलाई विनष्ट पारी त्यसको लासमा नयाँ वर्गविहीन संसारको रचना गर्न सर्वहारा श्रमजीविवर्गको लागि माक्र्सवाद अचूक, अमोघ, अजय अस्त्र बन्न पुग्यो । क्रान्तिको विज्ञानको रूपमा माक्र्सवाद विश्व क्रान्तिकारी आन्दोलनको व्यवहारसँगै निरन्तर विकसित भइरहेको छ ।

माक्र्सवाद सर्वहारावर्गको मुक्तिको सिद्धान्त बन्न पुगेपछि सर्वहारावर्गले आफ्नो मुक्तिको सिद्धान्तको प्रतिपादन र विकासको कामलाई तीन ऐतिहासिक चरणमा सम्पन्न गरेको छ– जस्तै माक्र्सवादी चरण, लेनिनवादी चरण र माओवादी चरण । हामीले विशेष रूपले बुझ्ने कुरा के हो भने संसारलाई बदल्ने ऐतिहासिक जिम्मेवारी वहन गरिरहेको सर्वहारावर्गको सिद्धान्तको जन्म र विकासका दृष्टिले यी तीनवटै चरणको विशेष ऐतिहासिक महत्व छ । माक्र्सले जर्मन शास्त्रीय दर्शन, अङ्ग्रेजी राजनीतिक अर्थशास्त्र र फ्रान्सिसी समाजवादलाई संश्लेषण गर्नुभयो र यसै प्रक्रियामा माक्र्सवादको जन्म भयो । माक्र्सवाद विश्वक्तान्तिको इतिहासमा एक युगान्तकारी परिघटना हो । साथै, यसको चरणबद्ध विकासको क्रममा लेनिनवादी तथा माओवादी चरणमा पनि यस प्रकारको सिद्धान्तका तीनवटै सङ्घटक अङ्गको विकास गर्ने काम भएको छ ।

माक्र्सवादको प्रतिपादन र त्यसको विकास र रक्षा गरिरहेको बेला माक्र्स र एङ्गेल्सले सर्वहारावर्गको नेतृत्वमा समाजवादी क्रान्ति एउटा देशमा मात्र नभएर इङ्ल्यान्ड, फ्रान्स, जर्मनी जस्ता औद्योगिक विकास भएका पुँजीवादी देशहरूमा एकैसाथ हुने कुरा बताउनुभएको थियो तर लेनिनले पुँजीवादको चरम अवस्था साम्राज्यवाद भएको र साम्राज्यवादको उदयको स्थितिमाथि ध्यान दिँदै त्यसको अनिवार्य परिणाम युद्ध हुने र साम्राज्यवाद समाजवादी क्रान्तिको पूर्वबेला बन्न जाने स्थितिको विश्लेषण गर्दै एउटा देशमा पनि समाजवादको जित हुन सक्छ भन्ने मान्यता प्रस्तुत गर्नुभयो । त्यसै अनुरूप सशस्त्र विद्रोह मार्फत सन् १९१७ मा रूसमा महान््् अक्टुबर समाजवादी क्रान्ति पनि सम्पन्न भयो । यसरी लेनिनवाद साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद बन्न पुग्यो । यसरी लेनिनवाद माक्र्सवादको प्रयोग र विकास मात्र होइन, सिद्धान्त र व्यवहारबीच द्वन्दात्मक एकरूपता कायम गर्न गरी विश्व क्रान्तिको इतिहासमा नयाँ अध्याय थप्न पनि सफल भएको छ किनकि माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो र पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु, उत्पादक शक्ति सर्वहारा आन्दोलन तथा ज्ञान–विज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानु र यस प्रकारको नयाँ परिस्थिति गर्नुपर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिनवादको जन्म भएको हो ।

त्यसैगरी चीनमा विशिष्ट परिस्थितिमा माक्र्सवाद–लेनिनवादको सृजनात्मक रूपमा प्रयोग गर्नेक्रममा माओको नेतृत्वमा अर्धसामन्ती तथा अर्धऔपनेवेशिक अवस्थामा रहेको चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो र समाजवादी क्रान्तिको प्रक्रियालाई अगाडि बढाइयो । अर्धसामन्ती तथा अर्धऔपनेवेशिक देशहरूमा सर्वहारावर्गको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने र समाजवादी क्रान्तिलाई सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत निरन्तरता दिँदै महान््् सर्वहारा सांस्कृतिक क्रान्ति सम्पन्न गर्ने ऐतिहासिक प्रक्रियामा चीनमा मात्र होइन, विश्वक्तान्तिकै लागि समेत माओको विशिष्ट योगदान रहेको छ किनकि माक्र्सवाद–लेनिनवादको गुणात्मक विकास तेस्रो र नयाँ चरण माओवाद हो । सामन्तवाद–साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त अविकसित देशहरूमा क्रान्तिका समस्याहरूको समाधान गर्नुपर्ने रुस, पूर्वी युरोपका कैयौँ देशहरूमा पुँजीवादको पुनःस्थापनाका कारणहरूको खोज, अनुसन्धान गरी त्यसबाट शिक्षा लिनुपर्ने तथा त्यसबाट उत्पन्न समाजवादी समाजका अन्तर्विरोधहरूको समाधान गर्नुपर्ने र आधुनिक संशोधनवादका विरूद्धको लडाइँँ लड्नुपर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा माओद्वारा माक्र्सवाद–लेनिनवादको थप परिमार्जन तथा विकास गरी त्यसलाई माक्र्सवाद–लेनिनवाद–माओवादको तेस्रो नयाँ र गुणात्मक उचाइमा पुर्याउने काम भएको हो ।

माक्र्सवादको विकास

फ्रेडरिक एंगेल्स

सन् १८४७ नोभेम्बरमा लन्डनमा कम्युनिस्ट लिगको दोस्रो सम्मेलनको आयोजना गरिएको थियो । उक्त सम्मेलनमा कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्स सहभागी हुनुभएको थियो । कम्युनिस्ट लिगको उक्त दोस्रो सम्मेलनले माक्र्स र एङ्गेल्सलाई कम्युनिस्ट घोषणापत्रको मस्यौदा तयार पार्ने जिम्मा दिएको थियो । माक्र्स र एङ्गेल्सले एक वर्ष लगाएर कम्युनिस्ट घोषणापत्रको मस्यौदा तयार पार्नुभयो र सन् १८४८ फेब्रुअरी १२ का दिन विश्वविख्यात कम्युनिस्ट घोषणापत्र जारी गर्नुभयो जो समग्रमा माक्र्सवादका रूपमा प्रतिपादित हुन पुग्यो र माक्र्सवाद विश्व सर्वहारावर्गको मुक्तिको सैद्धान्तिक अस्त्र बन्न पुग्यो ।

माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । यो पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । यसका दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद गरी तीन सङ्घटक अङ्ग रहेका छन् । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसङ्घर्ष तथा इतिहासमा बल प्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् अर्थात् प्रकृति, समाज, राज्य व्यवस्था आदिबारे कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले महान्् खोज र प्रयोगद्वारा निकाल्नुभएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारलाई माक्र्सवाद भनिन्छ । माक्र्सवादले पुँजीपति वर्गको राज्य व्यवस्थालाई ध्वस्त पारी त्यस ठाउँमा सर्वहारा श्रमजीविवर्गको राज्य व्यवस्था स्थापना गर्ने सही तथा क्रान्तिकारी बाटो देखाउँछ । माक्र्सवादको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यो दर्शनको सिद्धान्त भौतिकवाद हो ।

माक्र्सवादी चरणको विकास

माक्र्सवादको अहिले माक्र्सवाद–लेनिनवाद–माओवादमा गरी तीन गुणात्मक चरणमा विकसित भइसकेको छ । माक्र्सवादको बारेमा माथि नै बताइएको छ । लेनिनको भनाइ अनुसार माक्र्सवाद भनेको माक्र्सका विचार उनका शिक्षाको व्यवस्थित शृङ्खला हो । माक्र्सवादको निर्माण दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवादका तीन सङ्घटक तत्वहरूको संश्लेषणबाट भएको छ । माक्र्सवादको दर्शन द्वन्द्वात्मक तथा भौतिकवादी दर्शन हो । यसले पदार्थ, प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना विचार वा सामाजिक चेतनालाई दोस्रो स्थानमा राख्छ । यसले चेतनालाई वस्तुजगत्को आत्मिक प्रतिबिम्बन मान्दछ र विश्वलाई बोधगम्य बताउँछ । माक्र्सवादी दर्शनको पद्धति द्वन्द्वात्मक हो । माक्र्सको राजनीतिक अर्थशास्त्र श्रमको मूल्य सिद्धान्त र अतिरिक्त मूल्यको सिद्धान्तमा आधारित रहेको छ । माक्र्सको वैज्ञानिक समाजवाद वर्गसङ्घर्ष, इतिहासमा बल प्रयोगको भूमिका, सर्वहारावर्गको अधिनायकत्व र साम्यवादका आधारभूत मान्यताद्वारा निर्मित भएको हो ।

लेनिनवादी चरण

लेनिन

माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो । पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु, उत्पादक शक्ति, सर्वहारा आन्दोलन तथा ज्ञान–विज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानु र यस प्रकारको नयाँ परिस्थिति अनुरूप माक्र्सवादलाई नयाँ उचाइमा विकसित गर्नुपर्ने ऐतिहासिक आवश्यकताका बिचबाट लेनिनवादको जन्म भएको हो । साम्राज्यवाद र संशोधनवादको चिरफार गर्दै क्रान्तिका कामहरूलाई अगाडि बढाउनुपर्ने आवश्यकताको परिपूर्ति लेनिनवादबाट भयो । लेनिनले सुरूमा सन् १९१७ मा महान् अक्टुबर समाजवादी क्रान्ति सम्पन्न गरेर माक्र्सवादको सफल प्रयोग गर्नुभयो । यसैक्रममा लेनिनले सन् १९१९ मा तेस्रो अन्तर्राष्ट्रियको गठन गर्नुभयो । लेनिनवादका बारेमा स्टालिन भन्नुहुन्छ– ‘लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो । अझ खसोखास भन्ने हो भने लेनिनवाद भनेको सामान्यतः सर्वहारा क्रान्तिको सिद्धान्त तथा कार्यनीति विशेषतः सर्वहारावर्गको अधिनायकत्वको सिद्धान्त र कार्यनीति हो ।

लेनिनवादका शिक्षाका बारेमा माओले भन्नुहुन्छ– लेनिनवादको सिद्धान्तले माक्र्सवादको विकास गरेको छ । यो कुन कुराको सन्दर्भमा भएको छ भने प्रथम विश्वदृष्टिकोणमा, भौतिकवाद र द्वन्द्ववादमा द्वन्द्वात्मक क्रान्तिकारी सिद्धान्त र कार्यनीतिमा विशेषतः वर्गसङ्घर्ष सर्वहारावर्गको अधिनायकत्व र सर्वहारावर्गको राजनीतिक पार्टीका प्रश्नहरूमा र यसका साथै समाजवादी निर्माणमा लेनिनका शिक्षाहरू रहेका छन् । अन्ततः माक्र्सवादी–लेनिनवादी विश्वदृष्टिकोणलाई क्रान्तिको कार्यदिशासँग गाँस्ने वर्गदुश्मन तथा संशोधनवादका विरूद्ध वर्गसङ्घर्ष र दुईलाइन सङ्घर्षका समस्याहरूको समाधान गर्दै समाजवादको स्थापना तथा निर्माण गर्नेक्रममा लेनिनको भूमिका अद्वितीय रहेको छ ।

माओवादी चरण

माओ

माक्र्सवाद लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो । सामन्तवादी–साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त, अविकसित देशहरूमा क्रान्तिका समस्याहरूको समाधान गरिनुपर्ने, स्टालिनको मृत्यु पश्चात रूस एवम् पूर्वी यूरोपका कैयौँ देशहरूमा पुँजीवादको पुनस्र्थापनाका कारणहरूको खोज गरी त्यसबाट शिक्षा लिनुपर्ने तथा त्यसबाट उत्पन्न समाजवादी समाजका अन्तर्विरोधहरूको समाधान गर्नुपर्ने र आधुनिक संशोधनवादका विरूद्धको लडाइँँ लड्नुपर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा माओद्वारा माक्र्सवाद–लेनिनवादको थप परिमार्जन तथा विकास गरी त्यसलाई माक्र्सवाद–लेनिनवादको तेस्रो, नयाँ र गुणात्मक उचाइमा पुर्याउने काम भयो ।

द्वन्द्वात्मक भौतिकवादको सारतत्वको रूपमा अन्तर्विरोधको नियम, विपरीतहरूको एकताको नियमको उद्घाटन र व्याख्या एकको दुईमा विभाजन हुन्छ भन्ने कुराको समृद्ध व्याख्या र प्रयोग ज्ञान–सिद्धान्तको क्षेत्रमा पदार्थको चेतना र चेतनाको पदार्थमा रूपान्तरणको दुई छलाङ्को सिद्धान्तको विकास र व्याख्या, आधार र उपरीसंरचना, उत्पादक शक्ति र उत्पादन सम्बन्ध, सिद्धान्त र व्यवहारबीचको द्वन्द्वात्मक सम्बन्धको व्याख्या, विवेचना र परिमार्जन, नयाँ जनवाद, दीर्घकालीन जनयुद्ध, नोकरशाही पुँजीवाद, सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्तिको निरन्तरताको सिद्धान्त तथा महान्् सर्वहारा सांस्कृतिक क्रान्तिको सिद्धान्तको प्रतिपादन तथा प्रयोग, वर्ग सङ्घर्षलाई मुख्य कडी मान्ने, दर्शनलाई जनसमुदायमा पु¥याउनुपर्ने कुरामा जोड, विश्वदृष्टिकोण र कार्यदिशा बिचको अन्तर्सम्बन्धको प्रस्तुति, वर्गसङ्घर्ष तथा दुईलाइन सङ्घर्षको समस्याहरूको समाधानका लागि रणनीति तथा तथा कार्यनीतिको विकास र संशोधनवादका विरूद्ध निर्मम सङ्घर्ष आदिमा माओको योगदान अद्वितीय रहेको छ । अतः माक्र्सवाद–लेनिनवाद–माओवाद आज विश्वसर्वहारावर्गको मुक्तिको सैद्धान्तिक अस्त्र र पथप्रदर्शक सिद्धान्त बन्न पुगेको छ । माक्र्सवाद–लेनिनवाद–माओवादलाई आफ्नो पथप्रर्दशक सिद्धान्त स्वीकार नगर्नेहरू सच्चा क्रान्तिकारी कम्युनिस्ट नै बन्न सक्दैनन् । माक्र्सवाद–लेनिनवाद–माओवादलाई आफ्नो पार्टीको मार्गदर्शक सिद्धान्त र पथप्रर्दशक सिद्धान्त नबनाउने पार्टीहरू क्रान्तिकारी पार्टी बन्नै सक्दैनन् ।

संशोधनवादको जन्म र विकास

माक्र्सवादको जन्म सँगै संशोधनबादको पनि जन्म भएको हो । संशोधनवाद भनेको पुँजीवाद हो । यसको स्रोत व्यक्तिवाद, निम्न पुँजीवाद, पुँजीवाद र साम्राज्यवाद हो । व्यक्तिवाद भनेकै पुँजीवाद र साम्राज्यवाद हो । वर्गसङ्घर्ष, सशस्त्र सङ्घर्ष तथा सर्वहारा अधिनायकत्वको परित्याग र माक्र्सवादका आधारभूत सैद्धान्तिक मान्यताहरूको तोडमरोड तथा अपव्याख्या गर्नु नै संशोधनवाद हो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माक्र्सवादी र संशोधनवादी कार्यदिशाका बीचमा भीषण सङ्घर्ष चल्दै आएको छ ।

संशोधनवादको सङ्घर्ष पहिलो इन्टरनेसनल कालमा अराजकतावाद र अवसरवादका विरुद्ध परिलक्षित रहेको थियो भने दोस्रो अन्तर्राष्ट्रिय कालमा मुख्यतः पुँजीवादको साम्राज्यवादमा परिणत भइसकेपछिको अवस्थामा खुलेर प्रकट भएको थियो । त्यस्तै, तेस्रो अन्तर्राष्ट्रियदेखि यता माक्र्सवाद–लेनिनवाद–माओवादको विकाससितै संशोधनवाद पनि शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद, नवसंशोधनवाद समेत विभिन्न रूपमा प्रकट हुँदै आएको छ ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा प्रकट हुँदै आएका सबैखाले संशोधवादको प्रभाव नेपालको कम्युनिस्ट आन्दोलन पनि पर्दै आएको छ । नेपाली कम्युनिस्ट आन्दोलनमा अवसरवाद, दक्षिणपन्थी संशोधनवाद, आधुनिक संशोधनवाद र नवसंशोधनवादको रूपमा प्रकट हुँदै आएको छ । नवसंशोधनवाद सबैभन्दा खतरनाक प्रवृत्तिका रूपमा प्रकट भएको छ र यसले वर्तमान नेपाली कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिलाई समेत गम्भीर क्षति पु¥याइरहेको छ । नेपालमा माक्र्सवादी र संशोधनवादी कार्यदिशाका बीचमा भीषण दुईलाइन सङ्घर्ष तथा विचारधारात्मक अन्तर्सङ्घर्ष चल्दै आएको छ र यसले नेपाली कम्युनिस्ट आन्दोलनमा टुटफुट पैदा गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका समृद्ध ऐतिहासिक अनुभव र तथ्यहरूमा आधारित भएर अर्थात् दुई गुणात्मक ढङ्गले भिन्न सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवादको विकास र शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद, नवसंशोधनवादको प्रतिक्रियावादमा पतनको सारतत्वमाथि ध्यान दिनु आवश्यक हुन्छ ।

माक्र्सवाद सर्वहारा क्रान्तिको वैज्ञानिक सिद्धान्त हो यसका तीन सङ्घटक अङ्ग छन् । ती हुन्– दर्शन, राजनीतिक, अर्थशास्त्र र समाजवाद । माक्र्सवादको दर्शन द्वन्द्वात्मक एवम्् ऐतिहासिक भौतिकवाद हो । मानव जातिको इतिहासको विकास प्रक्रियाको आर्थिक नियमहरूको भौतिकवादी अध्ययन गर्ने विज्ञानको नाम राजनीतिक अर्थशास्त्र हो । समाजवाद अन्तर्गत वर्ग– वर्गसङ्घर्ष, पार्टी, राज्यसत्ता, सर्वहारा अधिनायकत्व र ती सबैको विलुप्तिको वैज्ञानिक अध्ययन गरिन्छ । सर्वहारा क्रान्तिको यो वैज्ञानिक सिद्धान्त तमाम प्रकारका आदर्शवाद, अधिभूतवाद र कल्पनावादका विरूद्ध खडा छ । यो वैज्ञानिक सिद्धान्तसित सामना गर्न सक्ने क्षमता आज कसैसँग छैन । यो वैज्ञानिक र गतिशील सिद्धान्त भएकोले आज यो माक्र्सवाद–लेनिनवाद र माओवादका रूपमा विकसित भएको छ । यहाँनेर बुझ्नैपर्ने कुरा के हो भने माक्र्सवादको संशोधन, अपव्याख्या र पुनर्विचार गर्नु संशोधनवाद हो ।

माक्र्सवादको सैद्धान्तिक विजयको कारण आफ्नो पृथक अस्तित्व धान्न असमर्थ तमाम प्रकारका अवसरवादी तथा काल्पनिक समाजवादी धाराहरू माक्र्सवादको वैज्ञानिक धाराभित्र जब घुस्न पुग्छन्, त्यो बेला संशोधनवादको जन्म हुन्छ । माक्र्सवादको जन्मको लगत्तै पु्रंधो जस्ता अवसरवादीहरूको जन्म भयोे । माक्र्सवादलाई पुरानो भइसकेको जडसुत्रवादी सिद्धान्त बताउँदै यसको संशोधन र पुनर्विचारको प्रस्तावना पेस गर्ने पहिलो व्यक्ति बर्नस्टाइन हुन् । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा संशोधनवादका दक्षिणपन्थी, उग्रपन्थी एवम् मध्यपन्थी रूपहरू विभिन्न कालखण्डमा देखापर्दै आएका छन् र यिनमा दक्षिणपन्थी संशोधनवाद–नवसंशोधनवाद नै अधिक विकृतिपूर्ण एवम् खतरनाक रहिआएको छ ।

संशोधनवादको शास्त्रीय संशोधनवाद–आधुनिक संशोधनवाद–नवसंशोधनवाद–प्रतिक्रान्तिको बाटो हुँदै प्रतिक्रियावादका रूपमा पतन हुन पुगेको छ । यी सबैखाले संशोधनवाद अन्तर्राष्ट्रिय परिघटनाका परिणाम हुन् जसको जन्म आधुनिक समाजको वर्गीय परिवेशमा हुन्छ । हरेक देशमा क्रान्तिका विशेषतासँगै सबैखाले संशोधनवादहरूले पनि आफ्ना विशिष्टताहरू जाहेर गर्ने गर्दछन् । सामाजिक र सैद्धान्तिक विशेषताहरू सहित संशोधनवादको जन्म हुने गर्दछन् । ऐतिहासिक तथ्यहरूले के पुष्टि गरेका छन् भने संशोधनवादको सामाजिक स्रोत निम्न पुँजीवाद र साम्राज्यवाद हो । संशोधनवादको साम्राज्यवादसँग घनिष्ट सम्बन्ध रहँदै आएको छ । साम्राज्यवादको जन्म इङ्ल्यान्डबाट भएको होे । जब साम्राज्यवाद अन्य देशहरूमा फैलँदै गयो, त्यसको प्रभावको कारण ती देशहरूमा पनि संशोधनवाद फैलिन पुग्यो । जर्मनीको लासाल र लासालवादीहरूमा पनि अनेकौँ अवसरवादी विकृतिहरू पैदा हुँदै गएको कुराबारे माक्र्स–एङ्गेल्सले उद्घाटन गर्नुभएको छ । सैद्धान्तिक दृष्टिले हेर्दा संशोधनवादको वैचारिक स्रोत निम्न पुँजीवाद, पुँजीवाद र साम्राज्यवादी विचारधारा नै हो ।

स्टालिन

संशोधनवादले माक्र्सवादका सङ्घटक अङ्गको बारेमा दर्शन, राजनीति अर्थशास्त्र र समाजवाद तीनवटै सङ्घटक अङ्गलाई संशोधित एवम् विकृत पार्दै आउने काम गरेको छ । दर्शनका क्षेत्रमा कान्टवाद, पत्यक्षवाद, अनुभववाद, व्यावहारिकतावाद, सङ्कल्पवाद, भँडुवावाद, विकासवाद र नानाथरिका विचारपन्थी सारसङ्ग्रहवादलाई आत्मसात गर्दै आएको छ । द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवादका विरूद्ध यसले अधिभूतवाद र आदर्शवादको पक्षपोषण गर्ने गर्दछ । राजनीतिक अर्थशास्त्रको क्षेत्रमा पुँजीवादी सङ्कट तथा मूल्य सिद्धान्तको विरोध गर्नु, साम्राज्यवादलाई प्रगतिशील देख्नु, नियोजित अर्थतन्त्रका विरूद्ध अराजक स्वतः स्फुर्तवादी उत्पादक शक्तिको सिद्धान्त अँगाल्नु यसका मूलभूत पक्ष हुन् । समाजवादको क्षेत्रमा यसले वर्गसङ्घर्ष, सर्वहारा अधिनायकत्व र हिंसापूर्ण क्रान्तिको सिद्धान्तको विरूद्ध वर्गसमन्वय पुँजीवादी अधिनायकत्व र शान्तिपूर्ण सङ्क्रमणको सिद्धान्त अवलम्बन गर्दछ र मजदूर आन्दोलनलाई सुधारवादी, संसदवादी भासमा फसाउने यसका मूल विशेषता हुन् । हामीले प्राप्त गरेको ज्ञान के हो भने अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा सर्वहारा क्रान्तिको सिद्धान्तको विकास जसरी माक्र्सवाद–लेनिनवाद–माओवादका तीन गुणात्मक चरणमा भएको छ, त्यसरी नै संशोधनवाद पनि शास्त्रीय संशोधनवाद–आधुनिक संशोधनवाद–नवसंशोधनवाद–प्रतिक्रियावादका रूपमा विकृत हुन पुगेको छ । सर्वहारा क्रान्तिको विकास वर्ग दुश्मनहरू, उनीहरूको विचारधारा तमाम अराजकतावादी तथा अवसरवादीहरू र नवसंशोधनवादीका विरूद्धको भीषण वर्गसङ्घर्ष र अन्तरसङ्घर्षको दुईलाइन सङ्घर्षका बिचबाट निकै जटिल, सङ्गीन र ओजपूर्ण रहेको छ । माक्र्सवाद इतिहास विज्ञानको महान्् खोज थियो । वर्गसङ्घर्षको सर्वहारा अधिनायकत्वमा विकास र साम्यवादको स्थापना त्यसको खोजको केन्द्रीय कडी सर्वहारावर्गको अधिनायकत्व थियो । अराजकतावादीहरूले माक्र्सवादको त्यसै केन्द्रीय कडीमाथि प्रहार गरेका थिए । लासालवादीहरूको जोड त्यसै केन्द्रीय कडीका विरूद्ध स्वतन्त्र राज्यको पक्षपोषण गर्नु र स्वतन्त्रता, समानता, न्याय तथा भातृत्वका पुँजीवादी नारालाई अलङ्कृत गर्नु थियो । त्यसका निम्ति लासालवादीहरूले पार्टीमा विजातिय तत्वलाई भर्ने र पार्टीको वैचारिक बन्ध्याकरण गर्ने कुरामा पुरा जोड दिएका थिए । माक्र्स–एङ्गेल्सले ती सबका विरूद्ध लड्दै माक्र्सवादी सिद्धान्त, रणनीति तथा कार्यनीति र त्यसको संवाहक पार्टीलाई समेत स्थापित गर्नुभएको थियो । दोस्रो अन्तर्राष्ट्रिय कालमा बर्नस्टिनले तमाम काल्पनिक तथा अवसरवादी विचारहरूलाई समेट्दै तथा वर्गसङ्घर्ष, सर्वहारा अधिनायकत्व र हिंसापूर्ण क्रान्तिको सिद्धान्तका विरूद्ध वर्गसमन्वय, बालिक मताधिकार, पुँजीवादी अधिनायकत्व र शान्तिपूर्ण सङ्क्रमणको सिद्धान्तको वकालत गर्दै शास्त्रीय संशोधनवादको जग बसालेको थियो । यस अवधिमा अर्थवाद, मेन्से विकवाद, विर्सजनवाद, काउत्स्कीवाद लगायतका संशोधनवादका विविध रूपहरू प्रकट भएका थिए । गद्दार काउत्स्कीले बर्नस्टाइनको पदानुशरण गर्दै सर्वहारा अधिनायकत्व र बल प्रयोगको सिद्धान्तका विरूद्ध शुद्ध जनवादको पक्षपोषण गरेको थियो र उसले साम्राज्यवादलाई प्रगतिशील समेत बताएको थियो ।

आधुनिक संशोधनवादको सुत्रपात मुख्यतः खु्रश्चेवबाट भयो । उसले सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण सङ्क्रमणको सिद्धान्त अवलम्बन गर्दै तथा वर्गसङ्घर्ष सर्वहारावर्गको अधिनायकत्व र सशस्त्र सङ्घर्षको विरूद्ध भीषण हमला बोल्दै रूसमा पुँजीवादको स्थापना ग¥यो । खु्रश्चेवदेखि मिखाइल गोर्भाचोभसम्म आउँदा आधुनिक संशोधनवाद, सामाजिक फासीवादका रूपमा गिर्न पुग्यो । पछिल्लो अवधिमा आउँदा कामरेड माओत्सेतुङ्ले एकातिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको गहन अध्ययन र अर्कोतिर स्वयम् चीनमै जटिल बन्दै गइरहेको पुँजीवादको पुनस्र्थापना रोक्नको लागि सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति जारी राख्ने सिद्धान्त प्रतिपादन गरी महान्् १० बर्से सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गर्नुभयो । चीनको नयाँ जनवादी क्रान्तिदेखि आजसम्म आइपुग्दा दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद तीनवटै क्षेत्रमा माक्र्सवाद–लेनिनवादको तेस्रो गुणात्मक शिखरका रूपमा माओवादको विकास भयो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन यसरी माक्र्सवाद र संशोधनवादको भीषण द्वन्द्वको बिचबाट गुर्जंदै आउँदा क्रान्ति र प्रतिक्रान्तिका जित र हारका अनेकौँ घट्नाहरू घटिसकेका छन् । सारमा संशोधनवादीहरूले क्रान्तिकारीहरूलाई उग्रवादी, आतङ्कवादी, जडसुत्रवादी आदि भनेर बदनाम मात्र गरेका छैनन्, भीषण भौतिक हमलासम्म गर्न पुगेका छन् । वास्तवमा संशोधनवादीहरू बर्नस्टाइन, काउत्स्की र खुश्चेवभन्दा पनि अझै तल गिरेर ठाडै संसदीय प्रजातन्त्र, पुँजीवादी संसद र बहुलवादलाई आदर्श मान्दै युरो कम्युनिज्मको पतीत सिद्धान्त समेत अङ्गाल्न पुगेका छन् र आज संशोधनवाद नवसंशोधनवादमा विकास गरेर नाङ्गो पुँजीवादमा समेत गिर्न पुगेको छ ।

हामीले संञ्चालन गर्दै आएको वर्गसङ्घर्ष, अन्तःसङ्घर्ष र दुईलाइन सङ्घर्षको अध्ययन र अनुभवबाट के निष्कर्षमा पुग्न सकिन्छ भने अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनभित्रको माक्र्सवाद र संशोधनवाद बिचको यो भीषण लडाइँँ आज आएर एकातिर माक्र्सवाद–लेनिनवाद–माओवाद र अर्कोतिर शास्त्रीय संशोधनवाद–आधुनिक संशोधनवाद–प्रतिक्रियावाद बिचको लडाइँँमा अभिव्यक्त हुन पुगेको छ । एकातिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको माक्र्सवाद र संशोधनवादका बिचको लामो ऐतिहासिक लडाइँका समृद्ध अनुभव एवम् शिक्षाको सार हो भने अर्कोतिर त्यस लडाइँको माक्र्सवाद र प्रतिक्रियावाद बिचको लडाइँमा रूपान्तरणको द्योतक पनि हो । यसरी आज माक्र्सवाद र नवसंशोधनवाद बिचको सङ्घर्ष सारमा भन्नुपर्दा माओवाद र प्रतिक्रियावाद बिचको भीषण सङ्घर्षमा बदलिन पुगेको छ ।

सन्दर्भ सामग्रीहरू

१. कार्ल माक्र्स, पुँजी खण्ड १ र २

२. फ्रेडरिक एङ्गेल्स, ड्युहरिङ्ग मतखण्डन

३. माक्र्स–एङ्गेल्स, सङ्कलित रचना सङ्ग्रह : भाग १, २, ३, ८, १०, २०, ३२, ४२, ४३

४. लेनिन सङ्कलित रचना सङ्ग्रह, भाग– ५, १८, १९, २४, ३८

५. माओत्सेतुङ् चुनिएका रचनाहरू, भाग– १, २, ३, ५, ८

६. लेनिन : एक पाइला अगाडि दुई पाइला पछाडि

७. महान् रुसि अक्टुबर क्रान्तिको इतिहास

८. चिनियाँ नयाँ जनवादी क्रान्तिको इतिहास

९. महान् बहस

१०. हो चि मिन्ह, क्रान्तिकारी नैतिकता

११. कम्युनिस्ट नैतिकता

१२. स्टालिन–लेनिनवादका आधारहरू

१३. प्लेखानोभ, चुनिएका दार्शनिक कृतिहरू : भाग १ र २

१४. लेनिन, माक्र्स–एङ्गेल्स–माक्र्सवाद

१७. मोहन वैद्य ‘किरण’, माक्र्सवादी दर्शन

१८. कृष्णदास श्रेष्ठ, कार्ल माक्र्स : व्यक्तित्व र कृतित्व

प्रतिकृयाका लागी …………………