असार १०, काठमाडौँ : पछिल्लो समयका चर्चित स्टार अनमोल केसी नेपालमा सबैभन्दा बढी पारिश्रमिक लिने कलाकार भित्र पर्छन् । तर भदौमा आयोजना हुन लागेको’ अनमोल साँझ २०१८’  मा के सी बिना पारिश्रमिक स्टेजमा उर्तिने भएका छन् ।

काठमाडौं मा गरिएको पत्रकार सम्मेनलमा आयोजक मोनिका इन्टरनेशनल ग्रूपले ’अनमोल साँझ २०१८’बारे जानकारी गराएको थियो । अनमोलले अहिलेसम्म सामाजिक कार्यका लागि भनेर कुनै काम नगरेको बताउदै यो अवसर भाग्न नदिने उनले बताए ।

“यस कार्यकम मार्फत पहिलो पटक आफ्ना प्रशंसकसँग प्रत्यक्ष भेट्ने अवसर पाउने हुनाले  खुसी लागेको छ “ उनले भने । भाद्र ९ गते बुटवल, भाद्र १६ गते पोखरा,  भाद्र २३ गते चितवन र भाद्र २७ गते बिर्तामोडमा उक्त कार्यक्रम हुने आयोजक संस्था मोनिका इन्टरनेशनल ग्रूपका अध्यक्ष कमल जिसीले जानकारी दिए । चारवटै कार्यक्रममा अनमोलले नृत्य तथा गायन प्रस्तुत हुने छ ।