प्रेममा कसरि सफल हुने ?: सात शुत्र

हिमान्त शर्मा

प्रिय पाठक मित्रहरु यदि तपाईको प्रेम साँचो छ र पवित्र छ भने  तपाईहरु एक अर्कालाई प्रेम गर्नुहुन्छ भने  तपाई एक समृद्ध जीवन बिताउन सफल हुनेछ ।

यदि तपाई प्रेमको कारण आफुलाई कमजोर सम्झिरहनु भएको छ वा तपाई प्रेमामा धोखा खाए भनेर तड्पिरहनु भएको छ भने तपाईलाई मनोवैज्ञानिक उपचारको आवाश्यकता  छ ।

जव कुनै प्रेमी आफुले प्रेम गरेको मान्छे आफुसंग भएन वा उ आफूभन्दा टाढा छ भन्ने भान भै रहेको छ भने तपाई आफुलाई एक्लो महशुस गर्नु हुन्छ । यसको कारण तपाई आफुलाई नभएर भाग्य बा भगवानलाई सम्झनु हुन्छ । कति त ज्योतिषको पछि लाग्नुहुन्छ । तर यो सहि बाटो भने कदापि हुनै छैन ।

तपाई प्रेममा असफल हुनुको कारण वा सफल हुँदा हुँदै पनि आफुलाई असफल सम्झनु भएको छ भने  तपाईले मानसिक र मनोवैज्ञानिक रुपमा उपचार गर्नु पर्ने हुन्छ । आज म तपाई लाई प्रेममा कसरि सफल हुने केहि आइडिया दिंदै छु ।

प्रेम सफलताका मन्त्र :

  • आफ्नो सच्चा प्रेमको लागि सच्चा मनले विश्वास गर्नु पर्दछ । यदि तपाईले थोरै मात्र पनि संङ्का गर्नुभयो भने घातक हुन सक्छ ।
  • तपाइ मानसिक रुपमा बिछिप्त अवस्ता हुनुहुन्छ भने तपाई , मन एकाग्र पार्नको लागि कुनै भगवान या कुनै परलौकिक वस्तुको ध्यान गर्ने सक्नुहुन्छ । जसको कारण तपाईसंग विकल्पहरु निस्कन थाल्छन् ।
  • तपाई हावा आउने प्राकृतिक सौन्दर्यले भरिपुर भएको ठाउमा जानु पर्छ र रमाउने कोशिष गर्नु आवाश्यक हुन्छ ।
  • प्रेम को अन्त्य हुन्न बिचारमा समस्या आएको कारण वा थोरै मात्र भएपनि कम्युनिकेशन ग्याबको कारण समस्या आएको हो भने आवेशमा आएको तनावको विस्तारै माथिका उपाए अपनाएर आफुलाई सन्तुलीत वनाउनु पर्छ र उपयुक्त समय पर्खेर एक आपसको समस्या सुल्झाउने कोशिष गर्नु पर्दछ ।
  • तपाई अरु कसैलाई खवर पठाएर समस्याको समाधान गर्ने सोचमा हुनुहुन्छ भने त्यो कहिल्यै नगर्नुहोला किनकि त्यसले कहिल्यै सम्बन्धलाई राम्रो बनाउदैन । किनकि प्रेम तपाईको मनले गरेको हुन्छ कसैको दिमगले हैन ।
  • तपाई आफ्नो कारणले सम्बन्धमा असर परेको हो भने तपाईले आफ्नो कमजोरिलाई सुधार्नै पर्छ र प्रेमी/प्रेमिका सामु गएर आफुले गरेको गल्तीका लागि माफि माग्नु पर्छ ।
  • परिवारको कारण सम्बन्धमा असर परेको हो भने परिवार संग खुलेर कुरा गर्नु पर्छ र यो सम्बन्ध के कारणले सहि हो भनेर बुझाउनु पर्दछ ।

यदि तपाईलाई प्रेम संग सम्बन्धि समस्या छ भने हामीलाई स्पष्टसंग लेखेर [email protected]  मा ईमेल गर्नु होला हामी तपाईको परिचय गोप्य राखेर समस्या को समाधान गर्ने कोशिस गर्नेछौं ।

प्रतिकृयाको लागि…………