चिया पिउनाले बनाउँछ किडनी तथा मुटु सम्बन्धि रोगको शिकार : डा. ललित कुमार मिश्र

  • डा. ललित कुमार मिश्र 

आधुनिक युगमा चिया सभ्यताको अनिवार्य अगं बन्न गएको छ । घरमा आउने पाहुनाहरुको स्वागत-सत्कार चिया/कफि बिना अधुरो लाग्छ। चियासँग मानिसको अति नै लगाव छ। तर धेरै जसोलाई यो थाहा छैन कि चिया स्फुर्तिदायक र लाभदायक नभईकन अनेकौं रोगलाई आमन्त्रित गर्ने पेय पदार्थ हो । वैज्ञानिकहरुद्वारा खोज गरे पश्चात पत्ता लागेको छ, चियामा तिन प्रकारका हानिकारक तत्वहरु पाइन्छन् । यि हुन्, थिनिन, टेनिन र कैफिन। यि तिनैप्रकारका बिषहरुले शरीरमा कहाँ र के कस्तो नराम्रो प्रभाव पार्दछ भन्ने सम्बन्धमा यहाँ चर्च गरिएको छ ।

थिनिन :  चिया पिउनाले एक किसिमको हल्काआनन्द आउछ, त्यो थिनिन नामक चियामा पाइने तत्वको प्रभावले हुन्छ । यसले हाम्रो ज्ञानतन्तुहरुमा नकारात्मक प्रभाव पार्दछ ।

डा. ललित कुमार मिश्र

टेनिन : यसले कब्जियत गराऊनुका साथै पाचन शक्तिलाई पनि बिस्तारै-बिस्तारै नष्ट गरिदिन्छ । यसको प्रभाव रक्सीसँग एकदमै मिल्दो जुल्दो छ। चिया खाएपछि शुरुमा ताजगिपनको अनुभव हुन्छ, तर केहिबेर पछि जब नशा और्लिन्छ मुख सुक्नुका साथै थकान महशुस हुन्छ । जसले गर्दा अझबढी चियाखाने ईच्छा हुन्छ ।

कैफिन : यो चियामा पाईने एक प्रकारको बिष हो । यसको प्रभाव तम्बाखुमा पाईने निकोटिन समान हुन्छ । यसले मुटुको धड्कनलाई बढाऊछ र कहिलेकाही त ह्दयको धड्कन बन्दभई व्याक्तिको मृत्यु स्मेत हुन जान्छ। कैफिन कै प्रभावका कारण ब्यक्ति चियाकाफीको अम्मली बन्दछ । चिया पिउनाले कैफिनको कारण पिसावको मात्रा लगभग तिनगुनाले बृद्धि हुन जान्छ । तर, यसबाट शरीरको दुषितपदार्थ जुन शरीरको शुद्धिको लागि पिसाद्वारा बाहिर निस्कन आवश्यक छ, त्यो निस्किंदैन शरीर भित्रै जम्मा भईरहन्छ । फलस्वरुप यस्ता व्यक्तिलाई- गठियाबात, किडनी तथा मुटु सम्बन्धि रोगको शिकार हुनुपर्दछ। अचेल ह्दय तथा रक्त वाहिनि नली सम्बन्धि रोगबाट पीडित व्यक्तिहरुको संख्यामा दिनानुदिन बृद्धि भईरहेको छ । यसको मुख्यकारण चियाको बढ्दो प्रचलन हो । स्वास्थ्य विशेषज्ञहरुको भनाई अनुसार- जब चिया बढि मात्रामा सेवन गरिन्छ भने टेनिनको कारण पेटमा गडबडी उत्पन्न हुन्छ । जसको फलस्वरुप पेट दुख्नु, पेट फुल्नु, अपच हुनु, लिभर कमजोर हुनु, कब्जियत हुनु, मुटुको गति अनियमित हुनु, निन्द्रा न लाग्नु, स्मरणा शक्ति कमजोर हुनु जस्ता समस्या व्यक्तिमा प्राय देखिन्छ। यसैप्रकार दुध हालेको चियाले पेटमा नराम्रो प्रभाव पार्दछ र पाचनक्रियालाई क्षति पुर्याउछ । चियामा भएको कैफिनले ह्दयमा नराम्रो प्रभाव पार्दछ।

अतः चियाको अत्याधिक सेवनले मुटुको रोग लाग्नमा सहायक भूमिका निर्वाह गर्दछ। चियाको सेवनले रगत दुषित हुन्छ र अनुहारमा रातो रंगको डन्डिफोर निस्किन्छ। बढि चियाको सेवन गर्नेहरुको ठुलोआन्द्रा कमजोर हुन्छ र कब्जियत भई दिशा गर्न गाह्रो हुन्छ । चियाले नर्भससिस्टममा गडबडी पर्याउनुका साथै पेटमा ग्यास बढाउँछ । चियाको सेवनले निन्द्रा न लाग्ने समस्या पनि आउछ। चियामा ऊपल्ब्ध युरिक एसिडले पिसावको थैलीमुत्रनली कमजोर बनाउँछ । जसको परिणाम स्वरुप चियाको सेवन गर्ने ब्यक्तिहरुमा बारम्बार पिशाव लाग्ने समस्या उत्पन्न हुन्छ । बस स्टेन्ड, सिनेमा हल तथा फुटपाथमा बेचिने चियाको सेवन भरसक न गर्दा राम्रो हुन्छ, कारणभाँडालाई राम्रोसगं सफा न गरिकन धेरैपल्ट त्यसै भाँडामा चिया बनाई रहेका हुन्छ । यसप्रकार दिनै भरि उमालिरहेको चिया बिषाक्त हुन्छ। चियालाई पुनःउमालेर नपिउनु नै बेश हुन्छ।

बजारका होटल, रेस्टुरेन्टहरुमा प्रायजसो एल्मुनियमको भाँडामा चिया खुबै उमालेर बनाईरहेको हुन्छ। जसको फलस्वरुप चियाको साथै एल्मुनियम (धातु) को पनि केही अंश चिया सँगै घोलियर पेटमा पुग्छ। पाचन प्रणालीलाई नष्ट गर्नमा यसले थप मलजल गर्ने काम गर्दछ । चियाको प्रत्येक कपसँग १२ चम्मचा चिनी पनि लिईन्छ । जसले शरीरको तौललाई बढाउछ। प्रायजसो मानिसहरु चियासँग नुनिलो बिस्कुट, टोस्ट, दालमोट, भुजिया, पकौडी, समोसा, हलुवा, पुरी लिने गर्दछन् । यो एक आपसमा बिरुद्ध आहार हो। यसबाट छाला सम्बन्धी रोग हुने सम्भावना बढि हुन्छ।

चिया/कफीबाट हुने फाईदाहरु अल्पकालिन छन् । तर, हानि भने दीर्घकालिन । चियालाई तपाईले यतिबिधि स्वादिष्ट किन मान्नु हुन्छ भने चियाले पिउने बितिक्कै एक किसिमको सुखद उत्तेजना दिन्छ । क्षणिक उत्तेजनालाई तपाई लाभकारी ठानेर मख्ख हुनु होला । याद रहोस यो क्षणिक आवेग मात्र हो। उक्त क्षणिक उत्तेजना सुखद भएपनि परिणाममा त्यसले गम्भिर हानी पुर्याइरहेको हुन्छ। यति हुँदापनि बनस्पति प्रजातिमा पर्ने चियाका केही मौलिक फाइदाहरु पनि छन् ।

फाइदाहरु :

(१) चिया पिउने बितिकै कैफिनको प्रभावले दिमागमा ताजगी भरिएको जस्तो अनुभव हुन्छ ।

(२) थकान, तनाव, अल्छि तथा तन्द्रा भगाई तुरन्त स्फुर्ति दिन्छ।

(३) टाउको दुखेको भए ठिक भएझैं लाग्छ, मुख गन्हाउन छाडे झैं हुन्छ, हातमा बल आएझैं लाग्छ ।

(४) चिसोपन, दमको रोग, कमजोरीमा केहि आराम दिन्छ ।

(५) चियामा पाईने टेनिनमा भाइरसलाई नष्ट गर्ने शक्ति हुन्छ ।

(६) केहि हदसम्म मुटुरोग, क्यान्सर, मधुमेह, उच्चरक्त चाप, कोलेस्ट्रल, टियुमर जस्ता रोगबाट बचाउने काम गर्दछ। यि सबै फाईदाहरु बिषादी रहित चिया र दुध या चिनी न राखी “ग्रिनटी” को रुपमा लिएको चियाबाट मात्र प्राप्त हुन्छ।

बेफाइदाहरु :

(१) चियाकफीमा पाइने कैफिनले कोलेस्ट्रोल बढाउँछ ।

(२) चियाकफीका पारखीलाई एसिडिटीको समस्या स्थायी रुपले हुन्छ ।

(३) कलेजो र मृगौला जस्ता शरीरका महत्वपूर्णअगंहरुलाई क्षतिग्रस्त बानाउछ ।

(४) कैफिनले शरीरबाट भिटमिन-बीको क्षय गर्ने हुनाले शरीर कमजोर, दुर्बल र पहेलो (एनिमिक) हुँदै जान्छ ।

अध्ययनको नतिजा:

भारतको एक गैरसरकारी संस्था ग्रीनपिसद्वारा हालसालै गरिएको एक सर्बेक्षणअनुसार चियामा पाईने १० प्रकारका बिषालु तत्वहरु यस प्रकारका छन् ।

(क) टेनिन१८% प्रतिशत हुन्छ, जसले पेटमा घाउ बनाउछ ।

(ख) थिनिन- ३% प्रतिसत हुन्छ, यसले फोक्सो र शिरमा भारीपन पैदा गर्दछ ।

(ग) कैफिन- ३% प्रतिशत जसले शरीरमा एसिड बनाउनुका साथै मृगौलालाई पनि कमजोर बनाउछ ।

(घ) वालटायल नामक तत्वले आन्द्रालाई हानिपुर्याउछ।

(ड.) कार्बोनिकएसिड- यसबाट एसिडिटि हुन्छ ।

(च) पेमिन- यसले पाचन शक्तिलाई कमजोर गराउछ ।

(छ) एटोमोलिक- जसले आन्द्राहरुमा हानिकारक प्रभाव पार्दछ ।

(ज) साईनोजन- जसले अनिन्द्रा तथा लकवा जस्तो भयंकर रोग उत्पन्न गर्नमा प्रभावकारी भुमिका निर्वाह गर्दछ।

(झ)आक्जेलिकएसिड- यो शरीरको लागि अत्यन्त हानिकारक छ ।

(ञ) स्टिनोयल- यसले रक्तविकार तथा नपुंसकता उत्तपन्न गराउ छ ।

बिकल्प के त ? 

चियाकफी एक बिकल्प अनेक भने झै चियाको सामान्य बिकल्पमा तयारी जडिबुटि चिया(हर्बल टी) बजारमा सजिलैसित पाईन्छ। तुलसी चिया, मसाला चिया, दिब्य पेय, प्रज्ञा चिया आदि चियाका अनेकौ बिकल्पहरु छन् । चिया नै पिउनेहरुका लागि “ग्रिन टी” स्वदेशी तथा विदेशी बिभिन्न ब्रान्डका चियाहरु हुन सक्छन । तर याद राख्नुस कुनैपनि ग्रिनटीलाई दुध, चिनी, मसाला चाहिंदैन। बिकल्पको रुपमा बिहान तातो पानीमा अमलाको सानो टुक्रा राखेर पिउन सकिन्छ या मह र कागती तातो पानीमा हालेर लिन सकिन्छ । यसैप्रकार तातो पानीमा तुल्सिको पात, लेमनग्रास, तेजपात, पारिजात आदि हालेर पनि पिउन सकिन्छ।

चिया छोड्दा शुरुमा देखा पर्ने समस्याहरु:

टाउको दुख्नु, दिशा सफा नहुनु, आलस्य लाग्नु, छटपटी लाग्नु आदि समस्याहरु चियाको सेवन गर्न छाडेपछि केहि समय देखा पर्न सक्छ ।

उपचार

चियाकफी लामो समयदेखि सेवन गरिरहेका व्यक्तिहरु यस पेय पदार्थको आदि भईसकेका हुन्छन् । यस्ता व्यक्तिले चिया, कफीको सेवन चट्टकै छाड्दा बिभिन्न प्रकारका मानसिक एवं शारीरिक समस्याहरु देखा पर्न सक्छ । यसको लागि होमियोप्याथीमा रोगीको मानसिक तथा शारीरिक लक्षणहरुको आधारमा प्रयोग हुने केहि औषधिहरु निम्न लिखित छन् । जस्तै- समयमा चिया खान पाएन र टाउको दुख्न थाल्यो भने- थुजा, सेलिनियमको प्रयोग गर्न सकिन्छ । यसैप्रकार अत्यधिक चियाको सेवनले देखा पर्ने समस्या-मुटुको धडकन बढेमा पल्साटिला, चायना कोप्रयोग गर्न सकिन्छ । यसरी नै कफीको सेवनले निन्द्रा न लाग्ने समस्या देखा परेमा कोफिया (जुनऔषधी कफीबाट नै बनेको हो) नामक औषधिको प्रयोग लाभदायक हुन्छ। उपरोक्त औषधीहरुको प्रयोग स्थानीय चिकित्सकको सल्लाह लिई गरेमा लाभदायक हुन्छ । अस्तु

[email protected]