आज राष्ट्रिय कविता महोत्सव , ३६ वटा कविता वाचन हुने

असार ९, काठमाडौं : नेपाल प्रज्ञा-प्रतिष्ठानले नेपाली सहित्यको जगेर्ना गर्ने र नयाँ प्रतिभाहरुलाई प्रोत्साहन गर्ने उदेश्यले हरेक बर्ष जस्तै यो बर्ष पनि कविता महो-त्सव आयोजना गरिएको  छ । हरेक बर्ष असार नौ गते कविता महोत्सव  हुने गरेको छ ।

स्थापनाका हिसावले २०१४ भए पनि २०२१ बाट कबि सिद्धिचरण श्रेष्ठको बिशेष प्रयासमा कबिता महोत्सव स्थाई रुपमै स्थापित भएपछी निरन्तर रुपमा मनाउदै आएको प्रतिष्ठनका प्राध्यापक  तथा उपकुपति गङ्गा उप्रेती बताउनुभयो । नेपाल प्रज्ञा-प्रतिष्ठानले देश बिदेशमा रहने सम्पूर्ण सहित्यकारका कविताहरुलाई यस प्रतियोगितामा  समावेश गर्न आग्रह गरेको थियो । जसमध्य अन्तिम  छनोटमा ३६ वटा कबिता परेका छन् । छनोट भएका कविताहरु आज नै बाचन हुने छन् । ति मध्यबाट उत्कृष्ट कबिता लाई पुरस्कृत गरिने प्रतिष्ठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.