खुमबहादुर दाइलाई सम्झिँदा : क्षितिज भण्डारी

हुन त म खुमबहादुर दाइ मन्त्री हुँदा हाेस् वा जेलमा बस्दा एक पटक पनि भेट्न गइन । बरु शेरबहादुर देउवा र प्रकाशमान सिंह दाइहरु शाही आयाेगकाे भ्रस्टाचारकाे झुटाे आराेपमा जेलपर्दा त्यतिबेला फरक र परस्पर विराेधि(पार्टी फुटेकाे अवस्थामा) पार्टीमा हुँदा पनि गुरुराज घिमिरे दाइसँग जेलमा भेट्न गएकाे थिएँ । खुमबहादुर दाइप्रति सुरुदेखि नै मेराे सम्मान रहँदारहँदै पनि पार्टीभित्रकाे समिकरण र ग्रुपिज्मका कारण कहिल्यै नजिक बन्न सकिएन । तर दाइसितकाे मेराे जम्मा चार पटककाे प्रत्यक्ष भेट र एक पटक सुनेकाे भाषण नै मेरा लागि उर्जा, उत्प्रेरणा र उहाँप्रतिकाे उच्च सम्मानकाे कारण बन्न पुग्याे । मानिसहरु मृत्युपछि चाहिनेभन्दा बढी प्रशंसा गर्छन् तर म यतिबेला दिवङ्गत आत्मालाई साँची राख्दै देखेका, भाेगेका तथा प्रत्यक्ष अनुभव गरेका सत्य कुरा मात्र लेख्दैछु ।

पहिलाे भेटकाे कुरा गर्दा वि.स. २०६२ मा उहाँ तत्कालिन नेपाली काङ्ग्रेस प्रजातान्त्रिककाे महामन्त्री हुँदा नेपाली काङ्ग्रेसका सभापति गिरिजा प्रसाद काेइरालाले नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयकाे खर्च जुटाउन र नेपाल विद्यार्थी सङ्घले सुरु गरेकाे निरङ्कुश राजतन्त्र विरुद्धकाे आन्दाेलन चर्काउन सहयाेगका लागि खुमबहादुर दाइलाई फाेन गरेपछि म तत्कालिन नेविसंघका उपाध्यक्ष महेन्द्र शर्मासँग उहाँकाे घर सानेपा पुगेकाे थिएँ । दाइ र शीला भाउजुकाे व्यवहार निकै सरल र आत्मीय लागेकाे थियाे । पूर्वगृहमन्त्री तथा काङ्ग्रेस प्रजातान्त्रिकका महामन्त्रीकाे घरमा पाएकाे यस्ताे प्रेमपूर्ण व्यवहारले मलाई प्रभावित गरेकाे थियाे । पार्टी फुटेर परस्पर विराेधि पार्टी बनेका बेला एउटा पार्टीकाे महामन्त्री अर्काे विराेधि पार्टीकाे केन्द्रीय कार्यालयकाे लाखाैँ खर्च तिर्न सजिलै तयार हुनु मेरालागि नयाँ र अनाैठाे अनुभव थियाे । पछि म नेविसंघकाे उपाध्यक्ष रहँदा गिरिजाबाबुलाई खुमबहादुर दाइसितै किन पार्टीका लागि पैसा मागेकाे ? भनेर साेधेकाे थिएँ । जवाफमा गिरिजाबाबुले भन्नु भएकाे थियाे- “हेर, ऊ सधैँ राजाले हामीलाई दु:ख दियाे, पेल्याे भन्छ । राजासँग लड्न त पहिला हामी(काङ्ग्रेसीहरु) मिल्नु पर्याे नि ! ऊ त्याे(फुटेकाे) पार्टी छाडेर आउँछ कि आउँदैन भनेर चेक गरेकाे ।

खुमबहादुरले तिमीहरु(नेविसंघ), मुन्नु (डा. शशांक) र पार्टी अफिसलाई सहयाेग गरेबाटै ऊ हाम्राे पुरानै जुझारु याेद्धा हाे भन्ने कुरा प्रमाणित भएकाे छ” भन्नुभयाे । गिरिजाबाबुका कुरा सुनेपछि खुमबहादुर दाइप्रति मेराे श्रदाभाव झनै बढेर गयाे । कटुवाल प्रकरणका कारण प्रचण्ड सरकार ढलेपछि नयाँ सरकार गठनका लागि बहुमत जुटाउन खुमबहादुर दाइ निकै सक्रिय हुनुभयाे । माधव नेपाललाई प्रधानमन्त्री बनाइसकेपछि नेपाली काङ्ग्रेसका तर्फबाट खुमबहादुर खड्काकाे नेतृत्वमा सुजाता काेइराला सहित सरकारमा जाने कुराकाे नेताहरुबिच गाेप्य छलफल हुँदा दाइसँग दाेस्राे पटक भेट भएकाे थियाे । तर पछि खुमबहादुर खड्का जस्ताे कडा मान्छेलाई कुनै हालतमा मन्त्री बन्न दिनु हुँदैन । यसलाई जसरी पनि राेक्नुपर्छ नत्र हामीलाई पेल्छ भन्ने निष्कर्षमा भर्खरै सत्ताच्युुत भएकाे माओवादी पुग्याे । एक वर्षअघि चुनावका बेला दाङमा भएकाे गाेलीकाण्डकाे नाइकेलाई याे कठपुतली सरकारले मन्त्री बनायाे भन्दै मन्त्री बनाएकाे दाेस्राे दिनदेखि नै देशव्यापी भण्डाफाेर आन्दाेलनकाे गर्छाैँ भन्ने धम्की माओवादीले दिएपछि प्रधानमन्त्री माकुनेले खुमबहादुरलाई मन्त्री बनाउन नसकिने लाचारी गिरिजाबाबु समक्ष प्रकट गर्नुभयाे । वास्तवमा खुमबहादुर खड्कासँग राजावादीहरु मात्र हाेइन; कम्युनिस्टहरु पनि कति डराउँदा रैछन् भन्ने कुरा याे घटनाबाट प्रत्यक्ष रूपमा अनुभव गर्न पाइयाे । याे घटनाले काङ्ग्रेस पार्टीभित्र ठुलाे भुइँचालाे नै ल्यायाे ।

सुजाता दिदीकाे नेतृत्वमा काङ्ग्रेस माकुने सरकारमा सामेल भयाे । आफूसँग सल्लाहै नगरी सुजाताकाे नेतृत्वमा मन्त्रीहरु पठाएकाे भन्दै सुशीलदा गिरिजाबाबुसँग असन्तुष्ट मात्र हाेइन क्रुद्ध नै हुनुभयाे । रामचन्द्र दाइ पनि रिसाउनु भयाे । त्यतिखेर गिरिजाबाबुले शेरबहादुर दाइसँग मात्र केही मन्त्रीकाे नाम माग्नु भएकाे थियाे । प्रकाशमान दाइ पार्टीका तर्फबाट सरकारमा मन्त्री पठाउँदा विधि-प्रक्रिया नमिलेकाे र शेरबहादुरले आफूसँग सल्लाह नगरेकाे भन्दै रिसाउनु भयाे र उहाँ देउवा क्याप्प छाेडेर सुशीलदाकाे टिममा आउनुकाे तत्कालिन कारण पनि त्यही बन्याे । सुशीलदा गिरिजाबाबुसँग रिसाएर जिल्ला भ्रमणमा निस्किएपछि मन्त्री हुन ठिक्क परेका इमान्दार नेता गाेपाल पहाडीकाे नाम काटियाे । त्यसपछि सिटाैला दाइ आफैँले चन्द्रसिंह भट्टराई, खड्ग बहादुर बस्याल र गणेश खड्का तीन जनाकाे नाम सुशीलदा निकटका भनेर राज्यमन्त्रीका लागि गिरिजाबाबु मार्फत् प्रधानमन्त्रीलाई पठाएर काेइराला परिवारमा युद्धविराम गराउन सफल हुनुभयाे । एक पटक म नेविसंघकाे कार्यवाहक अध्यक्ष हुँदा मेराे घर नजिकै बालुवाटारमा रञ्जित कर्ण सहित तेस्राे पटक दाइसँग भेट भएकाे थियाे भने त्यसपछि चुनावका बेला कैलालीबाट मैले टिकटकाे लागि दाबी गर्दा दाैडधुपका क्रममा उहाँसँग सामान्य भेटघाट भएकाे थियाे । त्यस्तै एक वर्ष अगाडि जस्ताे शुभराम बस्नेतजीले राष्ट्रिय सभागृहमा आयाेजना गरेकाे कार्यक्रममा निडर र हक्की स्वभावका खड्का दाइकाे आफूलाई उपसभापति नबनाएर सभापतिले आफूमाथि विश्वासघात गरेकाे भन्ने कडा भाषण पनि सुनेकाे थिएँ ।

माथिका विभिन्न घटनाक्रममा मेराे कुनै महत्वपूर्ण र निर्णायक भूमिका नरहे पनि प्रत्यक्ष देख्न र अनुभव गर्न भने पाइयाे । खुमबहादुर खड्काले मन्त्री खान खाेजेकाे तर माओवादीका धम्कीका कारण मन्त्री नबनाइएकाे हल्ला बजारमा चल्न थाल्दा उहाँ झनै आक्राेशित बन्नु भयाे । विभिन्न गाेप्य बैठकहरुमा साँचीका रूपमा रहेका म र भरत सापकाेटा अकारण दाेषीझैँ आफैँ खुम विभिन्न गाेप्य बैठकहरुमा साँचीका रूपमा रहेका म र भरत सापकाेटा अकारण दाेषीझैँ आफैँ खुमबहादुर दाइबाट टाढियाैँ । खुमबहादुर दाइकाे निधनले काङ्ग्रेसलाई अपूरणीय क्षति पुर्याएकाे छ । हामीले एक असल अभिभावक र कुशल सङ्गठक गुमाएका छाैँ भने देशले एक प्रजातान्त्रिक याेद्धा गुमाएकाे छ । उहाँकाे आँट, साहस, निर्भिकता, निर्णय क्षमता र जुझारुपन हाम्रालागि सधैँ प्रेरणाकाे स्राेत बनिरहनेछ ।अन्त्यमा दिवङ्गत आत्माकाे चिरशान्तिकाे कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । धन्यवाद !

(भण्डारी काङ्ग्रेसका युवानेता हुन्)