थाईल्याण्डको सामाजिक र सांस्कृतिक रुपान्तरणमा सहकारीको महत्वपुर्ण योगदान रहेछ : दिनेश कुमार मगर

दिनेशकुमार मगर कुसल पर्यटन व्यवसायी हुन् । तीन दशक भन्दा लामो व्यवसायिक जीवनमा उनको नेपालमा पर्यटन प्रबद्धन र विकासमा महत्वपूर्ण भूमिका रहेको छन् । पर्यटन व्यवसायका शिलशीलामा एसिया , युरोप र अमेरिकाका धेरै देशको भ्रमण समेत गरेका मगर पछिल्लो दशकमा पर्यटन व्यवसायको अलावा  नेपालको सामाजिक अभियान र सहकारी आन्दोलनमा छुट्टै पहिचान बनाएका छन् । एक दशकसम्म विराज समाजको अध्यक्ष भएर ओखलढुंगाका विकट गाउँहरुमा धैरे समाजिक कार्य पनि गरेका छन् । सामाजिक हितका कार्यक्रमहरु संचालन गर्ने क्रममा विराज बचत तथा ऋण सहकारी संस्था लि.को स्थापना समेत मगरकै नेतृत्व भयो । विराज साकोसको संस्थापक अध्यक्ष समेत रहेका मगर नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कुन) को २०७४ चैत्र ९ गते देखि १५ गते सम्म छैटौं थाईल्याण्ड अवलोकन भ्रमणमा सहभागी भए । मगरसँग थाईल्याण्ड भ्रमणको सेरोफेरोमा रहेर नारायण सापकोटाले गरेको संवादको अंश प्रस्तुत गरिएको छ

यहाँ भखरै थाईल्याण्डमा सहकारी अवलोकन भ्रमण सकेर स्वदेश फर्किनु भएको छ । थाईल्याण्ड भ्रमणको पृष्ठभुमि बताई दिनु न ?

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले हरेक वर्ष अफ्ना सदस्यहरुलाई थाईल्याण्डका विभन्न सहकारी संस्थाहरुको अवलोकन भ्रमण गर्दै अएकोरहेछ । यस वर्ष विराज बचत तथा ऋण सहकारी संस्था लि.लाई समेत भ्रमणमा सहभागी हुने अवसर प्राप्त भयो । त्यसैले सर्व प्रथम नेफ्स्कुनको २०७४ चैत्र ९ गते देखि १५ गते सम्म छैटौं थाईल्याण्ड अवलोकन भ्रमणमा हाम्रो संस्थाको तर्फबाट म र उपाध्यक्ष रामप्रसाद दाहाललाई सहभागी गराउनु भएकोमा नेफ्स्कुन परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । देश भरका ४० जना सहकारीकर्मीहरु नेफ्स्कूनको प्रतितिधि भएर नाङखुङ क्रेडिट युनियन थाईल्याण्डको निमन्त्रणामा साता व्यापी सहकारी अवलोकन तथा अध्ययन भ्रमण सम्पन्न गरी गत चैत्र १५ गते बिहिबार स्वदेश फर्किएका छौं । हामीहरु नेफ्स्कूनका संचालक गोमा नेपाल सापकोटाको नेतृत्वमा गत चैत्र ९ गते काठमाण्डौबाट थाईल्याड प्रस्थान गरेका थियौं ।

भ्रमणमा कहाँबाट को को सहभातीगा रहेको थियो ?

थाईल्याण्ड अवलोकन भ्रमणमा नेफ्स्कुनका संचालक गोमा नेपाल सँगै फिल्ड कार्यक्रम अधिकृत विष्णु पौडेल रहनु भएको थियो । जिल्ला बचत तथा ऋण सहकारी संघलिका.का बाराका अध्यक्ष सत्येन्द्रप्रसाद ठाकुर रहनुभएको थियो भने बाँकी वीस जिल्लाका प्रारम्भिक संस्थाका प्रतिनिधिहरु हुनुभएको थियो । पूर्व झापाको साहार साकोस , कास्कीको अस्था साकोस, रुपन्देहीको जनउत्थान साकोस हुदै सुर्खेतको पिलबोट साकोस र बाँकेको होलका साकोस समेत सहभागीता रहनु सिङ्गो नेपालको प्रतिनिधित्व भएको आभास मिल्थ्यो । थाईल्याण्ड अवलोकन भ्रमणमा जगनाथ अधिकारी, भुवनबहादरु बस्नेत, लालबहादुर भट्ट, पदमलाल भट्टराई, राजकुमार वि.क, रामप्रसाद दाहाल सहभागी रहुनु भयो । त्यसै गरी भ्रमणमा संगीता गौतम ,कृष्ण गुरुङ, केदारबहादुर जिरेल, विनिता कार्की , सिता कार्की, चुडामणी कटेल, कुमार केसी , राजेश खड्का, सर्मिला खत्री, शान्ता खनाल, कृष्णराज खतिवडा , जनक खत्री ,टेकराज कोइराला , कुमारप्रसाद लामिछाने पनि हुनुहुन्थ्यो । गोविन्द्र मर्हजन, महेशकुमार मोडक , गोविन्द्र पहाडी , पदमराज पन्थी , नौतम पोखरेल , ज्ञानु पौडेल, विना राई,उर्मिला राना , विजय साह, कृष्णप्रसाद शर्मा , नवराज श्रेष्ठ , देवलक्ष्मी स्याउला , बुद्धीमान थापा , किशोरबहादुर थापा , रेणुका थापा र सुनिल तिमल्सिनाले समेत थाईल्याण्डको भ्रमणमा हामीलाई साथ दिनु भएको थियो । चालिस जनालाई चार समुहमा विभाजन गरिएको थियो । सगरमाथा, धौलागिरी, कञ्चनजङघा र माछापुच्छ्रे गरी चार समूह मध्ये कञ्चनजङघा समुहको नेतृत्व मैले गरेको थिए ।

यहाँको थाईल्याण्ड भ्रमण कस्तो रह्यो ?

म थाईल्याण्डको राजधानी बैंकक २०/३० पटक भन्दा धेरै पुगे होला । बैकंक भएर नै विश्वका धेरै देश पुगेको थिएँ । म भित्र थाईल्याण्डको एउटा चित्र थियो । नेफ्स्कुनले सहहृदयका साथ विराजलाई सहभागी हुन पत्र पठाएको थियो । नेस्कूनका शिव अधिकारी सर र विदुर खड्का सर प्रति अनुग्रित पनि छु । लामो समय देखि ग्रामिण सहकारी अन्दोलन र अभियानमा क्रियाशील विराज साकोसका उपाध्यक्ष तथा विराज समाजका अध्यक्ष समेत रहनु भएका रामप्रसाद दाहाललाई सहकारी अवलोकन भ्रमणका लागि थाईल्याण्ड पठाउने निधो गरे । तर रामदाईले मलाई समेत लिएर थाईल्याण्ड जाने प्रस्ताव राख्नु भयो । भ्रमणको विषय र उपलब्धिका बारेमा नेस्कूनका शिव अधिकारी सर हामी बिच लामो छलफल , विचार र विर्मश भयो । अनि मात्रै मैले थाईल्याण्ड भ्रमणको सोच बनाए । यस पटकको थाईल्याण्डको सहकारी अवलोकन भ्रमणले मैले बुझेको थाईल्याण्ड भन्दा फरक रहेछ । थाईल्याण्डको ग्रामिण जीवनस्तर तथा ग्रमीण जीवनमा सहकारी भुमिकालाई पनि बुझ्न विभन्न कोणबाट हेर्नु पर्ने रहेछ । यो भन्दा पहिला मैले थाईल्याण्डलाई विशुद्ध पर्यटन व्यवसायीको आँखाले हेरोको थिएँ । यस पटक विशुद्ध सहकारीकर्मी भएर भ्रमण गरे । ग्रमिण थाईल्याण्डको रहनसहन , चालचलन ,सांस्कृतिक रुपान्तरणमा सहकारी महत्वपुर्ण योगदान रहेछ ।

यहाँले थाईल्यण्डमा सहकारीको महत्वपूर्ण योगदान रहको त भन्नु भयो । कुन कुन क्षेत्रमा के के योगदान रहेछ ?

हामीले थाईल्याण्डको ग्रमिण क्षेत्रमा रहेको एउटा सहकारी संस्थाको अवलोकन समेत गर्यौं । नेपालको भन्दा थाईल्याण्डमा सहकारी संस्थाको नामाकरणमा पनि अलि भिन्न जस्तो लाग्यौं । उनीहरुको क्रेडिट युनियलाई हामी बचत तथा ऋणको रुपमा मात्रै बुझ्यौ भने , हाम्रो बुझाई गलत हुने रहेछ । नाङखुङ क्रेडिट युनियनले एक कार्यक्रम योजना गरी नेपालका सहकारीहरुकर्मीलाई विशेष स्वागत तथा सम्मान गरेका थिए । सो युनियाले गरेको कार्यहरुबाट युनियनका सदस्यहरुको सामाजिक, साँस्कृतिक र आर्थिक जीवनमा पारको प्रभाव हाम्रो चासोको विषय थियो । नाङखुङको संस्थागत संरचनाको पनि अवलोकन गर्यौं । नेपाली प्रतिनिधहरुलाई उहाँहरुले आफ्नो संस्थाको जानकारी गराँउनु भयो । उहाँहरुले उत्पादनलाई विशेष जोड दिनु भएको रहेछ । हरेक सदस्यहहरुको व्यवसायिक सफलतामा सहकारीको हात हुदोरहेछ । सदस्यहरुबाट बचत संकलन , सदस्यहरुको नै सहभागितामा उत्पादन क्षेत्रमा लगानी र उत्पादित बस्तुको बजार व्यस्थापन सहकारीको संस्थाको प्रमुख कार्य रहेछ । ग्रमिण थाईल्याण्डको समाज सहकारी विना जीवन अधुरो अपुरो हुदो रहेछ । हामीले थाईल्याण्डको जनजीविका लागि सहकारी जीवनको वरदान भएको अनुभुती गर्यौं । प्रथामिक रुपमा सहकारीका माध्यमबाट समाजीक जीवन आएको परिवर्तन र अर्थिक संमृद्धिले ल्याएको अधुनिकतालाई नजिकबाट बुझ्नु र जन्नु हाम्रो थाइृल्याण्ड भ्रमणको ध्यय थियो ।

नेपाली सहकारीकर्मीहरुको थाईल्याण्ड भ्रमणको प्रमुख उपलब्धि के के रह्यो त ?

थाईल्याण्डको सामाजिक र सांस्कृतिक रुपान्तरणमा सहकारी महत्वपुर्ण योगदान रहेछ । संमृद्ध थाईल्याण्ड निर्माणमा सहकारीको विशेष भुमिका रहेछ । पर्यटनको विकास र खुल्ला समाज निर्माण गर्न समेत सहकारीको हात रहेछ । यसबाट नेपालले पनि शिक्नु पर्छ । आर्थिक विकास सँगै समाजिक रुपान्तरणका लागि सहकारी संस्थाहरु सबल हुनु पर्ने रहेछ । यही बुझाईलाई मैले थाईल्याण्ड भम्रणको उपलब्धिको रुपमा लिएको छु ।