राजधानिको सिभिल महलमा लिटिल ट्यालेन्ट कम्पिटिसन हुँदै

रेडियो अभियान १०७.४ मेगाहर्ज र मर्निङ स्टारमिडियाले संयुक्त रुपमा यहि चैत्र ३ गते काठमाडौंको सिभिल महलमा  लिटिल ट्यालेन्ट कम्पिटिसनको अडिसन गर्ने भएको छ ।

बालवालिकामा लुकेर बसेका प्रतिभाको खोज गर्ने उदेश्यले आयोजना गर्न लागिएको उक्त कम्पिटिसनमा फरक फरक ३ उमेर समुहका वालवालिका सहभागि रहने सो कम्पिटिसनमा भिन्दा-भिन्दै  विधामा प्रतियोगिता गराईने आयोजकले जनाएको छ ।

मिनि सुपरस्टार (५-८ )बर्ष, लिटिल सुपर स्टार (९-१२) बर्ष र टिन सुपर स्टार (१३-१६) वर्ष का वालवालकाहरु प्रतियोगितामा सहभागि हुन सक्नेछन् । भने बालबालिकाहरुको प्रतिभाहरुलाई अझ निखारतामा पर्याउनको लागि बिभिन्न विषयका बिज्ञहरु वाट १५ दिन तालिममा सहभाग गराई फाईनल राउन्डमा लाने अयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता , फस्ट रनरअप र सेकेन्ड रनरअपलाई पुरस्कृत गरिने छ ।