ककनि लाई पाँच वर्षभित्र नमुना पर्यटकिय गन्तव्य बनाउँछु : राम बहादुर लामा (थिङ्ग)

नुवाकोटको प्रशिद्ध पर्यटकिय क्षेत्रको रुपमा परिचित ककनि गाऊपालिका वडा नं. ५ वडा अध्यक्ष क. राम बहादुर लामा (थिङ्ग) सामाजिक र राजनीतिक रुपमा सकृय रहेका छन् । स्थानिय निकाएको गठन पश्चात वडाको विकासको लागि तिव्रतर रुपमा विकास भै रहेको पाईरहेको छ । अव वडामा कस्ता कार्यक्रमहरु कार्यन्वयनमा आएका छन् र भावि योजना कस्ता छन् भन्ने विषयमा आईडियाखबरले उहांसंग गरेको संक्षिप्त कुराकानि :

स्थानिय अन्तरगत वडा अध्यक्ष भएर काम गर्दै गर्दा कस्तो अनुभव भै रहेको छ ?

२० वर्षमा जनप्रतिनीधि बिहिन रहेको कारणले नै यहाँको विकास हुन सकेन । त्यसबेला रहेको दलिय संयन्त्र अर्थात सर्वदलिय समिति ले सवै काम गर्दा पनि बजेट दलिय भागबण्डा हुने गरेकोकारण विकास हुन सकेन । म निर्वाचित भएको ८ महिनामा भयो अहिले मैले यसलाई चिर्दै लगेको छु । अहिले म निर्वाचित भएर आएपछि भने यहाँको विकासको लागि काम गरेको छु । यहाँका आमा वुबा दाजुभाई तथा दिदि बहिनिहरुले पनि हामिले २० बर्ष बिकासको केहि काम देख्नपाएका थिएनैं अहिले यति छोटो समयमा यतिराम्रो काम भएको छ भनेर सन्तुष्टि व्यक्त गर्नु भएको छ । अव ४ वर्ष समय बांकि समयमा धेरै विकास गर्न सकिने मैंले विश्वास लिएको छ । विशेष गरि यहाँ पर्यटन र कृषिको अधुनिकिकरण गरि बिकस गर्न गुरु योजना तयार पारेर अगाडि बढिरहेको छु ।

कृषिको आधुनिकिकरण गर्ने के के योजना छ?

हामिले विषेशगरि यहाँको लागि अलैचि र अदुवाको पकेट क्षेत्रको रुपमा विकास गर्न लागेका छौं । यसकालगि गाँउपालिका , प्रदेस सरकार संग वृहत छलफल गरेर सम्भव भए सम्म बजार व्यवस्थापन सहज बनाउन त प्रशोधन उधोग स्थापन गरि विकास गर्न म तल्लो लेवलबाट कुनै पनि कसर वांकि राख्दिन ।

पर्यटनको लागि के के योजना बनाउनु भएको छ ?

म यहि वडामा रहेको ककनि डाँडाको लागि पर्यटकोय विकास गर्नको लागि गुरुयोजना बनाएको छु । जसमा काठमाण्डौको बौद्ध बाट ककनि डाँडा सम्म केवुलकारको सञ्चालन ल्याउने देखि लिएर पार् निर्माण गर्ने सम्मका कामहरु गर्ने छौं । त्यतिमात्र नभएर हामी हिमाल हेर्न चाहाने पर्यटकको लागि भ्युटावरको समेत निर्माण गरि हामि यसलाई विस गर्ने छौं भने वडाका प्रत्येक गाऊमा होम स्टे सञ्चालन गरि गरगरमा रोजगारि र आम्दानिका स्रोतहरु श्रृगना गर्दै बैदेशिक रोजगारमा जाने प्रचलन लाई रोक्न सक्ने स्थिति वनाउने छौं ।

यस्तो महत्वकांक्षी योजना कसरि पुरा गर्नु हुन्छ ?

हामि यो योजनाला लागी प्राईभेट कम्पनिहरुलाई दिने छौ । र गाउँपालिकाले एक प्रकारको गुरु योजना बनाएर त्यहि दिजान अनुसार करको दाएरा निर्धारण गर्नै छौं । यदि स्वेशि लगानि सम्भव हुन हसके हामी दात्रि निकायसंग सहकार्यगरेर भए पनि अवको ५ बर्षभित्र शुरु गर्ने मा दृढ विश्वासका साथ कार्यन्यनमा ल्याउने छु । कम्तिमा पनि मेरो यो कार्यकालमा कम्तिमानै शुरु गरेरै छोद्ने छु ।

यो कार्यकालमा के के गेर्ने लक्ष्य राख्नु भएको छ ?

मैले भैतिक निरमाण मै अहिले व्यस्त छु । जस्तो वतिको पोल मेरो वडामा मेरो कार्यकालमा सवै फलामका पोल हाल्ने छु । अबको ४ वर्षमा नेरो वडामा तपाइले काठको पोल देख्न पाउनु हुने छैन । वाटो सवै ठाँउमा पुर्याउने छु । त्यसै गरि मैले मुख्यत ५ वटा क्षेत्र भैतिक पुर्वाधार विकास, पर्यटन, कृषि, जलविधुत, र स्वास्थ्यको क्षेत्रमा विकास गर्ने छु । मेरो कार्यकालमा मैले मेरै वडामा ५० शैयाको हस्पिटल पनि सञ्चालनमा ल्याउने छू । अहिले मेरो वडामा १ करोड ३५ लाख बजेट छ यसवाट मैले सवै क्षेत्रको विकास कार्यलाई अगाडि वढाएको छु ।

भुक्पपछिको पुन: निर्माण लाइ कसरि हेर्नु भएको छ ?

मेरो अहिले चिन्ता नै यसमा रहेको छ म चाहन्छु मेरा वडा बासिले भुकम्प प्रतिरोधि घरमा बस्भन पाउन भन्नको लागि नै काम गरिरहेको छू । मेरो वडामा लगभग ६० प्रतिशत पुनर्निर्माणको काम भै सकेको छ सरकरले दिएको पुनर्निर्माण गर्नुपर्ने समयमा पुरा हुने छ त्यसका लागि वडा वासिको सहजताका लागि दिन रात खटिएर काम गरिरहेको छु । .