फागुन ११, काठमाडौं । कृषि मन्त्रालयबाट स्थानीय तहमा विनियोजित बजेटबाट ललितपुर जिल्लाका गोदावरी नगरपालिका र कोन्ज्योसोम गाउँपालिकाले सवारीसाधन खरिद गरेको समाचार आज कान्तिपुर दैनिकको भित्री पृष्ठमा छापिएको छ ।

मन्त्रालयले कृषिका विभिन्न सात शीर्षकअन्तर्गत आर्थिक वर्ष ०७४–७५ मा गोदावरी नगरपालिकालाई ८२ लाख ४० हजार र कोन्ज्योसोमलाई १ करोड १५ लाख ७७ हजार रुपैयाँ विनियोजित गरेको थियो । तर कृषि सुधारमा खर्च हुनुपर्ने रकम नगरपालिका र गाउँपालिकाले गाडी, मोटरसाइकल र स्कुटर खरिदमा खर्च गरेको समाचारमा उल्लेख छ ।