प्रादेशिक अवधारणाको पूष्ठभूमिमा भाषा साहित्यको विकास भन्ने मूल नाराका साथ नेपाली लेखक सङ्घ मोरङले आगामी फागुन ४ र ५ गते विराटनगरमा आयोजना गर्ने विराट लेखक सम्मेलनको तयारी भईरहेको छ । सातै प्रदेशका लेखक तथा साहित्यकारको बृहत जमघट गराउने उदेश्यले आयोजना हुने लेखक सम्मेलनमा विभिन्न विषयका चार वटा कार्य पत्र प्रस्तुत हुने भएका छन । विराट लेखक सम्मेलनको सेरोफेरोमा रहेर नेपाली लेखक सङ्घ मोरङका अध्यक्ष गोकुल अधिकारीसँग गरेको सम्वादको अंश :

नेपाली लेखक सङ्घ मोरङले आगामी फागुन ४ र ५ गते विराटनगरमा विराट लेखक सम्मेलन २०७४ गर्दै छ? विराट लेखक सम्मेलनको तयारी कस्तो हुदैछ ?

नेपाली लेखक संघ मोरङले प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ४ र ५ गते विराट लेखक सम्मेलन प्रदेश नं. १ को मुकाम विराटनगरमा गर्ने निर्णय एक महिना अघि नै गरेको थियो । लेखक सम्मेलन गर्ने निर्णय सँगै सभ्य र भव्य रुपमा विराट लेखक सम्मेलन आयोजनाका लागि तयारी पनि सुरु भयो । तयारी पहिलो चरणमा लेखक संघ मोरङले कसरी लेखक सम्मेलन गर्ने भनी अवधारणा निर्माण गरेको थियो । विभन्न लेखक तथा साहित्यकारहरुसँगको छलफल र भेटघाटबाट प्राप्त सल्लाह सुझाब बमोजिम प्रारम्भिक अवधारणा परिमार्जन गर्दै विराट लेखक सम्मेलन गर्ने निर्णयमा पुगेको हो ।
देश भरका २५० जना भन्दा धेरै लेखकहरुलाई जमघट गराई सम्मेलन सम्पन्न गर्न सजिलो काम होइन । तर पनि हामीले प्रदेश नं. १ बाटै लेखक सम्मेलन गरी भाषा साहित्यको विकास नयाँ बहस प्रारम्भ होस् भनी काम सुरु गर्यौं । सातै प्रदेशका विद्वान साहित्यकारहरुलाई अतिथिका रुपमा निमन्त्रणा पठाएका छौं । फागुन ३ गते बेलुका उहाँहरुको न्यानो सत्कार सँगै आवास र भोजनको प्रबन्ध गरिनेछ । जसका लागि आर्थिक स्रोतको व्यवस्थापन गर्दैछौं । फागुन ४ गते एक समारोहका बिच विराज लेखक सम्मेलन उद्घाटन गरिनेछ । विराटनगरमा फागुन ४ र ५ गते विराट लेखक सम्मलेन सफलता पूर्वक सम्पन्न गर्न नेपाली लेखक संघ मोरङ जुटिरहेको छ ।

नेपाली लेखक सङ्घ मोरङलाई विराट लेखक सम्मेलन गर्ने सोच कसरी आयो ?

नेपालमा प्रदेशिक संरचनाको अवधारणा सँगै सामाजिक , सांस्कृतिक सोच पनि प्रादेशिक मैत्री हुदै गएका छन । झन स्थानीय तह र प्रदेश सभाको निर्वाचन पछि सामाजिक जीवन पार्ने प्रभाव र सुन्दर भविश्यको सपना देख्नेहरुका सपना सँगै चिया पसलमा हामी लेखक साहित्यकारहरुले पनि सपना बुन्न थाल्यौं । प्रादेशिक संरचनाको संस्थागत हुनेक्रममा प्रादेशिक भाषा साहित्यको विकास कसरी गर्न सकिन्छ भन्ने बहस प्रारम्भ हुने नै भयो । नेपाली लेखक संघ मोरङको कार्य समितिको बैठकमा सल्लाहकरहरुको समेत उस्थितिमा लेखक महोत्सव गर्ने छलफल सुरु भयो । अन्तत ःप्रदेशिक अवधारणाको पूष्ठभूमिमा भाषा साहित्यको विकास भन्ने मूल नाराका साथ विराट लेखक सम्मेलन गर्ने निर्णयमा पुग्यौं ।

विराट लेखक सम्मेलनमा के के कुरामा छलफल तथा बहस गर्ने योजनामा हुनुहुन्छ ?

लेखक सम्मेलनको मूल नारा नै ःप्रादेशिक अवधारणाको पूष्ठभूमिमा भाषा साहित्यको विकास भन्ने रहेको छ । सात प्रदेशका लेखक सहित्यकार सँग एकै छाना मुनी बसेर प्रादेशिक संरचनामा कसरी प्रादेशिक भाषा साहित्यको विकास गर्नु सकिन्छ भन्ने विषयमा विचार विर्मश हुने छ । प्रा.डा. गोविन्द भट्टराईले लेखकीय स्वतन्त्रा सम्बन्धी कार्यपत्र , प्रा.डा.टंक न्यौपानेले प्रदेश नं. १ भित्र रहेका मात्रृ भाषा सम्बन्धी कार्यपत्र र डा. लक्ष्मण गौतमले नेपाली कविताको विषयमा तयार गर्नु भएको कार्य पत्र विराट लेखक सम्मेलनमा प्रस्तुत गर्ने कार्यक्रम तय गरेका छौं । विराट लेखक सम्मेलनमा प्रस्तुत हुने कार्य पत्र माथी विचार विर्मश हुने छ । बृहत कवि गोष्ठी हुने छ । सम्मलेनमा प्रस्तुत विषयलाई संघले अभिलेखिकरण पनि गर्ने छ । जसले प्रादेशिक भाषा साहित्यको विकास गर्नु नीतिगत निर्णय लिने निकायलाई सहायोग मिल्ने विश्वास लेखक संघ मोरङको रहेको छ ।

प्रादेशिक संरचनामा भाषा साहित्यको विकास तथा संरक्षण कसरी गर्न सकिन्छ ? लेखक सम्मेलनमा के कस्ता प्रस्तावहरु प्रस्तुत हुनेछन ?

मैले पहिला नै भनि सके सम्मेलनमा प्रस्तुत हुने कार्य पत्र माथी हुने छलफल र विद्वानहरुको विचार , विर्माश र बहसबाट प्रादेशिक संरचनामा भाषा साहित्यको विकासमा विराट लेखक सम्मेलनले निकालेको निस्कर्शलाई लिपिबद्ध गरी सर्वाजजिक गर्ने छौं । जसले प्रदेश सरकारलाई भाषा साहित्यको विषयमा नीतिगत निर्णय गर्न सहयोग पुग्नेछ । भाषा साहित्यको केन्द्रीय नीति तथा अवधारणलाई कसरी प्रादेशिक बनाउन सकिन्छ ? यस प्रश्नमा सम्मेलन केन्द्रीत हुने छ ।

प्रादेशिक अवधारणाको पूष्ठभूमिमा भाषा साहित्यको विकास भन्ने मूल नाराका साथ आयोजना हुने लेखक सम्मेलन उदेश्य अनुरुपका उपलब्धी कसरी प्राप्त गर्न सकिन्छ ?

सात प्रदेशका लेखक सहित्यकारहरुलाई एकै स्थानमा जमघट गराउनु र सातै प्रदेशको भाषा साहित्यको विकास कसरी हुन्छ भनी छलफल केन्द्रीत गर्नु तथा उहाँहरुका विचारलाई विमर्श गरी कन अभिलेखका रुपमा प्रकाशन गर्नु लेखक सम्मलेनको उपलब्धीका रुपमा रहुनेछ भन्ने लेखक संघले विश्वास लिएको छ । लेखक संघ मोरङले लिएको यो विश्वासलाई सम्पूर्ण साहित्यकारहरुले हृदय देखि सहयोग गर्नु हुने छ भन्ने अपेक्षा पनि गरेको छ । विराट लेखक सम्मेलनबाट नेपाली भाषा साहित्यमा नयाँ बहस प्रारम्भ हुने छ ।